२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविश्व धुम्रपानरहित दिवसमा कोभिड-१९, धुम्रपान तथा क्षयरोग नियन्त्रणबारे सरोकारवालाबीच वेविनारमार्फत छलफल

विश्व धुम्रपानरहित दिवसमा कोभिड-१९, धुम्रपान तथा क्षयरोग नियन्त्रणबारे सरोकारवालाबीच वेविनारमार्फत छलफल


काठमाडौँ – यसपटक विश्व धूमपानरहित दिवस कार्यक्रम फरक तरिकाले गरिएको छ। कोभिड-१९को रोकथाम तथा नियन्त्रण गर्नको लागि सरकारले लगाएको लकडाउनलाई मध्यनजर गर्दै आइतबार परेको विश्व धूमपानरहित दिवसको कार्यक्रम जुम सफ्टवेर (वेविनार) माध्यमद्धारा सम्पन्न भएको हो ।

उक्त (वेविनार) कार्यक्रममा सरोकारवालाबीच बढ्दो क्रममा रहेको कोभिड १९, नसर्ने रोग र धूमपान तथा क्षयरोगको नियन्त्रणका लागि संघीय तथा प्रदेश सरकारलाई कसरी जवाफदेही र उत्तरदायी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको छ। भरतपुर महानगरपालिकाको आयोजनामा भएको कार्यक्रममा एक्सन नेपाल, दि युनियन, एपीक्याट, स्वास्थ्य पत्रकार मञ्च नेपाल, एपीक्याट पार्लियामेन्ट, एपीक्याट मिडिया ग्लोबल टिवि कोकस लगायतका संस्थाहरुको उपस्थिति रहेको कार्यक्रममा दुई सय बढीको प्रत्यक्ष सहभागिता थियो ।

सो कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री एवम एपीक्याट पार्लियामेन्टका अध्यक्ष खगराज अधिकारी, प्रदेश नं १ का समाािजक विकास मन्त्री जीवन घिमिरे, कर्णालीका प्रदेशका सामाजिक विकास मन्त्री दल रावल, भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ, राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा अनुज भट्टचन, दि युनियनका क्षेत्रीय निर्देशक डा तारासिंह बम, विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा जोस भ्यान्डिलियर, ग्लोबल टिवी ककसका तुसार नायर, द युनियनको क्षयरोग विभाग प्रमुख डा ग्रानिया ब्रिगेडियन, एक्सन नेपालका आनन्द चन्द, स्वास्थ्य पत्रकार मञ्चका महासचिव रामप्रसाद न्यौपाने लगायतले कोभिड १९, नसर्ने रोग र धूमपान तथा क्षयरोग नियन्त्रणको विषयमा आफ्नो मन्तब्य राखेका थिए।

कार्यक्रमबीच पूर्व स्वास्थ्यमन्त्री समेत रहिसकेका सांसद अधिकारीले आफ्नो धारणा राख्दै भने, ‘पछिल्लो समयमा देखा परेको कोभिड १९ को समेत यससँग सम्बन्धित छ। सरकारलाई यसको नियन्त्रणका लागि विशेष ध्यान दिन आग्रह गर्दछु । वार्षिक २७ हजार बढीको ज्यान लैजाने सूर्तिजन्य पदार्थ नियन्त्रण गर्न सरकारले यो बेला कानूनको पूर्ण कार्यान्वयन गर्नुपर्ने पर्दछ।’

दि युनियन एसिया प्यासेफिक क्षेत्रका क्षेत्रीय निर्देशक डा तारासिंह बमले नेपालमा सूर्तिजन्य पदार्थ नियन्त्रणमा चालेका केही प्रयासहरु राम्रा भएपनि धेरै काम गर्न बाँकी रहेको बताए ।

त्यस्तै, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले धुम्रपानरहित बनाउन केही कानूनहरु कार्यान्वनयमा आएको र केही आउने क्रममा रहेको बताए । यसको साथै उनले नसर्ने रोग तथा कोभिड १९को नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागले गरेका कार्यका बारेमा बताए। भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाललले महानगरले सूर्तिजन्य पदार्थ नियन्त्रण र पछिल्लो समय कोभिड १९ को उपचार रोकथाम र परीक्षणका लागि गरेका कार्यहरुको बारेमा जानकारी दिइन ।

यसैसन्दर्भमा बोल्दै डव्लुएचओका नेपाल प्रतिनिधि डा जोशले भने, ‘सूर्तिजन्य पदार्थको प्रयोगकर्तामा कोभिड १९को संक्रमण हुने जोखिम बढी हुनसक्छ। यस्ता पदार्थको प्रयोगलाई निरुत्साहित गर्नु पर्ने देखिन्छ।’

यता, प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले धुम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रणमा प्रदेश लागेको जनाउनुको साथै कोभिड १९ को विषयलाई लिएर प्रदेश सरकारले के-कस्ता काम गरिरहेको भन्ने जानकारी समेत दिए।

कार्यक्रममा एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्द र स्वास्थ्य पत्रकार मञ्च नेपालका महासचिव रामप्रसाद न्यौपानेले सूर्तिजन्य पदार्थ नियन्त्रण गर्न सरकारले कानूनको कार्यान्वयन गर्ने विषयमा खुट्टा कमाएको भन्दै गुनासो पोखे। क्षयरोग केन्द्रका निर्देशक डा अनुज भट्टचनले सूर्तिजन्य पदार्थ र क्षयरोगको अन्तरसम्वन्ध प्रस्तुत गर्दै यसको प्रयोगलाई नियन्त्रण गर्न केन्द्रले गरेका प्रयास रणनीतिका बारेमा जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ