२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनिको भए २२० संक्रमित

निको भए २२० संक्रमित


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निको हुने संक्रमितको संख्या २२० पुगेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबारको पत्रकार सम्मेलनमा बोल्दै उक्त जानकारी दिएका हुन् ।

आज थप एक जना मकवानपुरकी २५ वर्षीया महिला डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । प्रवक्ता डा. देवकोटाले सम्मेलनमा बताएअनुसार प्रदेश नम्बर १ मा ३० जना, प्रदेश नम्बर २ मा १ सय ४ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ३ जना, प्रदेश नम्बर ५ मा ४८ जना र सुदूरपश्चिम प्रदेशमा ६ जना संक्रमित कोरोना मुक्त भएका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ सय ६६ संक्रमित थपिए सँगै नेपालमा संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ । जसमध्ये ८ जनाले ज्यान गुमाएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ