२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसीसीटीभी फुटेज तत्काल उपलब्ध गराउन र चिकित्सकलाई जागिरबाट निकाल्ने काम बन्द गर्न माग

सीसीटीभी फुटेज तत्काल उपलब्ध गराउन र चिकित्सकलाई जागिरबाट निकाल्ने काम बन्द गर्न माग


काठमाडौं—पछिल्लो समय स्वास्थ्यकर्मीहरुमाथि भैरहेको भौतिक तथा मानसिक आक्रमणको विरुद्ध सुरु भएको ‘सेभ मेडिकल फर्टिनिटी’ अभियानमा धुलिखेल अस्पतालका रेजिडेन्ट चिकित्सक र मेडिकल अफिसर्सहरुले ऐक्यबद्धता जनाएका छन् ।

गत बुधबार जोरपाटीस्थित नेपाल मेडिकल कलेजको आकस्मिक कक्षमा कार्यरत चिकित्सकमाथि भौतिक आक्रमण भएको थियो । सो आक्रमणको विरोधमा चिकित्सकहरु आन्दोलित हुँदै आएका छन् । आन्दोलनरत चिकित्सकहरुले नेपाल मेडिकल कलेज प्रशासनले आफ्ना चिकित्सकमाथि भौतिक आक्रमण हुँदा उल्टै पीडितको पक्षमा लागेर सीसीटीभी फुटेज गायब बनाएको आरोप लगाएका छन् ।

जसका कारण त्यहाँका चिकित्सकहरु सेवा अवरुद्ध पारेर आन्दोलन गरिरहेका छन् । उनीहरु सीसीटीभी फुटेज उपलब्ध गराइनुपर्ने र ड्युटीमा रहेका चिकित्सकमाथि हातपात गर्नेलाई कारवाही गर्नुपर्ने माग गरिरहेका छन् ।

उक्त आन्दोलनमा धुलिखेल अस्पतालमा काम गर्ने रेजिडेन्ट र मेडिकल अफिसर्सहरुले पनि ऐक्यवद्धता जनाएका छन् । नेपाल मेडिकल कलेजमा भएको भौतिक आक्रमणको छानविन गरी दोषीलाई कार्वाही गर्नुपर्ने मागमा उनीहरुको छ ।

त्यसैगरी, आवासीय चिकित्सक र मेडिकल अधिकृतहरुको तलब कट्टा गर्नेदेखि जागिरबाट निकाल्नेजस्ता अमानवीय कार्य भएको भन्दै त्यस्ता कार्यमा तत्काल रोक लगाउन पनि उनीहरुले सरकारसँग माग गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ