२०८१ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा एकैदिन २०८ जनामा देखियो कोरोना पोजेटिभ

नेपालमा एकैदिन २०८ जनामा देखियो कोरोना पोजेटिभ


काठमाडौं—नेपालमा थप २०८ जनामा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा नेपालमा २०८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

प्रदेश नं. १ मा २ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । प्रदेश २ मा ८२ जना, गण्डकी प्रदेशमा ३ जना र प्रदेश ५ मा २८ जनामा  कोभिड—१९ पोजेटिभ देखिएको छ । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ७५ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ भने सुदूरपश्चिम प्रदेशमा १८ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ ।

प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा झापाका बाह्रदशीका २ जनामा कोभिड—१९ पोजेटिभ देखिएको हो ।

प्रदेश २ मा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परिक्षणमा सप्तरीको राजगढ गाउँपालिका १२ जना पुरुषमा कोभिड—१९ पोजेटिभ देखिएको हो ।

काठमाडौको जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सिरहाका सुर्यनारायण मरवैता क्याम्पस क्वारेन्टाइनका ५ जना, धनुषाका धनौजी शंकर मा.वि क्वारेन्टाइनका ४ जना, प्रादेशिक अस्पताल जनकपुरमा रहेका १ जना र हसंपुर नगरपालिका २ जना पुरुषमा कोभिड—१९ संक्रमण देखिएको हो । महोत्तरी लोहरपट्टी नगरपालिका क्वारेन्टाइनका २ जना, सर्लाहीको जनता मा.वि. अगरवा क्वारेन्टाइनमा ३२ जना, कविलासी नगरपालिका ४ जना र हरिपुर नगरपालिका २ जनामा कोभिड—१९ पोजेटिभ देखिएको हो ।

यस्तै, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहट जिल्लाका पौराहा नगरपालिका १४ जना र यमुनामाई गाँउपालिका क्वारेन्टाइनका ४ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । यससँगै प्रदेश न.२ मा कोरोना संक्रमितको संख्या ७ सय ६ पुगेको छ ।

यस्तै, गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशको पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा २ जना र विनय त्रिवेणी गाउँपालिकामा १ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ ।

प्रदेश ५ को भैरहवास्थित प्रयोगशालामा गरिएको परीक्षणमा १९ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । प्रयोगशालाका निमित प्रमुख डा. राजेन्द्र गिरीका जसमा रुपन्देहीका ४ जना, कपिलवस्तुका ९ जना, पाल्पाका ४ जना, नवलपरासी र गुल्मीका १/१ जनामा कोभिड—१९ पोजेटिभ देखिएको हो ।

राप्ती विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएका सबै दाङका रहेका छन् ।

कर्णाली प्रदेशमा थप ७५ जनामा कोरोना संक्रमण देखिएको हो । पछिल्ला २४ घण्टामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ४३ जनामा कोभिड—१९ पुष्टि भएको हो भने सुर्खेतस्थित प्रयोगशालामा गरिएको परीक्षणमा ३२ जनामा कोभिड—१९ पोजेटिभ देखिएका हुन् । जसमध्ये दैलेखका ४१ जना, जुम्लाका १९ जना, सल्यानका १० जना र सुर्खेतका ५ जना रहेका छन् ।

सुदूरपश्चिमको सेती प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा १८ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको हो । जसमध्ये कैलालीका १४ जना, कन्चनपुर, डोटी, बैतडी र अछामका १/१ जनामा कोरोना पोजटिभ देखिएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ