२०८१ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड—१९ का लक्षणबिहीन संक्रमितलाई अस्पतालमा नराखिने

कोभिड—१९ का लक्षणबिहीन संक्रमितलाई अस्पतालमा नराखिने


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ संक्रमितको संख्या बढेसँगै लक्षणबिहीन संक्रमितलाई अस्पतालमा नराख्ने भएको छ । सोमबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले लक्षण भएका संक्रमित बिरामीलाई मात्रै अस्पतालमा राखिने बताए ।

‘संक्रमितहरुको संख्या बढेसँगै बिरामी र संक्रमित भनेर छुट्याउनुपर्ने हुन्छ । संक्रमितहरु जसमा लक्षणहरु छैन्, उहाँहरु विभिन्न आइसोलेसनमा रहने, जस्तै मापदण्ड पुगेका क्वारेन्टाइनलाई अपग्रेड गरेर बनाउन सकिन्छ, हामी नयाँ आइसोलेसनमा विकास गर्ने सोचमा छौं,’ मन्त्रालयको नियमित ब्रिफिङमा डा. देवकोटाले भने, ‘त्यस्ता संक्रमित व्यक्ति जसमा लक्षण छ, त्यस्ता व्यक्तिहरु जसमा लक्षण छ, जो बिरामी हुनुहुन्छ, उहाँहरुलाई अस्पतालमा राख्ने ।’

डा. देवकोटालो कोभिड—१९ पोजेटिभ देखिएका तर लक्षण नभएकाहरुले घरमै आइसोलेसनमा बस्नुपर्ने पनि हुन सक्ने पनि बताए । उनले भएका पूर्वाधारलाई आइसोलेसनका रुपमा विकास गरिने पनि बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ