२०८१ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड परीक्षणका लागि अटोमेटिक मेसिन खरिद गरिने

कोभिड परीक्षणका लागि अटोमेटिक मेसिन खरिद गरिने


काठमाडौँ – सरकारले कोरोना परिक्षणलाई थप तिब्रता दिन एकै पटकमा धेरै परीक्षण गर्न सकिने अटोमेटिक मेसिन किन्ने भएको छ । नमुना संकलन बढ्दै गएको तर, परीक्षण न्युन भएपछि सरकारले तत्काल अटोमेटिक पिसिआर मेसिन खरिद गर्न लागेको हो ।

स्वास्थ्य मन्त्रालय उच्च स्रोतकाअनुसार आइतबार उक्त मेसिन खरिद गर्ने विषयमा प्रक्रिया अघि बढाइएको छ । दैनिक हजारौं नमुना संकलन हुने तर, परीक्षण ३५ सय भन्दा हुन नसके पछि एकै टक ठुलो संख्यामा परीक्षण गर्ने मेसिनको खोजीमा मन्त्रालय जुटेको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार दैनिक ६ हजार बढी नमुना देशभरका प्रयोगशालामा थुप्रिन थालेका छन् ।

थुप्रिने संख्या दिनहुँ बढ्दै गएको प्रयोगशाला प्रमुखहरुले बताएका छन् । हाल देशभर २० वटा कोभिड प्रयोगशाला स्थापना भएका छन् । १८ वटाले नियमीत परिक्षण गरिरहेका छन् । मन्त्रालय उच्च स्रोतका अनुसार मेसिन खोज्न अधिकारीहरुले विभिन्न देश सम्पर्क गर्न थालेका छन् । ‘हाल नेपालमा भएको पिसिआर परिक्षणका लागि आवश्यक किटहरु मिल्ने मेसिन ल्याउने हो, ‘एक अधिकारीले भने,’ ‘मेसिन फेला परे जुनसुकै बेला सरकारले चार्टर विमान पठाएर ल्याउने छ ।’

राष्ट्रिय जनस्वास्थ्य प्रायेगशाला टेकु, पोखरा र कोशी अञ्चल अस्पतालमा रहेको आरएनए एक्सट्राक्सन मेसिनलाई पनि नयाँ प्रविधि जडान गरी अटोमेटिक बनाउँने मन्त्रालयको तयारी रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ