२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचट्याङका कारण लहान अस्पतालमा क्षति, सेवा प्रभावित

चट्याङका कारण लहान अस्पतालमा क्षति, सेवा प्रभावित


काठमाडौँ –  हावाहुरीका कारण प्रदेश न.२ का सिरहाको लहान नगरपालिकास्थित रहेको रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा चट्याङ लागेर क्षति भएको छ । सोमबार दिउँसो एक्कासी आएको चट्याङ लागेर अस्पतालको अतिआवश्यक स्वास्थ्य सामग्रीहरुमा क्षति भएको अस्पताल प्रशासनले जनाएको हो ।

अस्पतालमा रहेको प्रसुती गृह ,ओप्रेशन थिएटर, ल्याव कक्षमा रहेका कम्प्युटर, एक्स -रे मेसिन इन्भटर, ब्याट्री, क्यामेरा लगायतका अतिआवश्यक स्वास्थ्य सामगी्रहरुमा क्षति पुगेको अस्पतालका प्रमुख मेसु डा. सुनिलकुमार कुशवाहाले बताए ।

चट्याङले क्षति पुग्दा अस्पतालबाट प्रवाह हुने सेवाहरु प्रभावित भएको छ । प्रभावित अस्पतालको सेवा तत्काल संचालन गर्नेका लागि आवश्यक छललफल भइरहेको अस्पतालले जनाएको छ । क्षतिको एकिन विवरण संकलन कार्य भइरहेको डा. कुशवाहाले वताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ