२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालय र आन्दोलनरत चिकित्सकबीच पाँच बुँदे सहमति

स्वास्थ्य मन्त्रालय र आन्दोलनरत चिकित्सकबीच पाँच बुँदे सहमति


काठमाडौं-जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा ड्युटीमा रहेका चिकित्सकमाथि हातपातको घटनालाई लिएर आन्दोलनरत चिकित्सक र स्वास्थ्य मन्त्रालयबीच पाँच बुँदे सहमति भएको छ । १४ जेठमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आक्रोशित बिरामीका आफन्तले दुई जना चिकित्सकमाथि हातपात गरेका थिए ।

चिकित्सकमाथि हातपात गर्नेमाथि कारवाहीको माग गर्दै चिकित्सकहरुले थालेको आन्दोलनमा विभिन्न अस्पतालका कार्यरत चिकित्कसहरुले ऐक्यवद्धता जनाएका थिए । यसै क्रममा बुधबार चिकित्सक अगुवाहरुको एक टोली स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ज्ञापनपत्र बुझाउन मन्त्रालय पुगेको थियो ।

मन्त्रालयमा मन्त्री ढकालसहित मन्त्रालयका प्रतिनिधी, नेपाल मेडिकल काउन्सिलका प्रतिनिधी र आन्दोलनरत चिकित्सकबीच छलफलपछि ५ बुँदे सहमित भएको हो । सहमतिमा उक्त घटनामा संलग्न दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन तीन दिनभित्र गृहमन्त्रालयलाई अनुरोध गर्ने, उक्त घटनाको गायब पारिएको सिसिटीभी फुटेजबारे अनुसन्धान गरी तीन दिन भित्र कारवाही प्रक्रिया अगाडि बढाउने, जेल विद आउट बेललाई चालु संसदको अधिवेसनमा पेश गर्ने उल्लेख छ ।

माथिका तीन वटा बुँदा कार्यन्वयनका लागि स्वास्थ्य मन्त्रालय, आन्दोलनरत चिकित्सक र अन्य सरोकारवाला निकाय समेतका सहभागितामा ७ दिनभित्र समिति गठन गरी उक्त समितिको प्रतिवेदनका आधारमा कार्य अगाडि बढाउने र हाल चिकित्सकहरुले सुरु गरेको आन्दोलन स्थगित गर्ने सहमति भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ