२०८१ वैशाख ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारलकडाउनमा अधिकांश बालबालिका मोटोपनको शिकार हुँदै

लकडाउनमा अधिकांश बालबालिका मोटोपनको शिकार हुँदै


कोभिड-१९ महामारीको कारण सम्पूर्ण विद्यालय बन्द भएपश्चात् घरमा मात्रै समय व्यतीत गर्ने लाखौं बालबालिकामा ओबेसिटि(उच्च मोटोपन)को शिकार भइरहेको केहि अध्ययनहरुले जनाएका छन् ।

‘जर्नल अफ स्पोर्ट्स एण्ड हेल्थ साइन्स’ मा प्रकाशित एक नयाँ अध्ययनअनुसार यसरी विद्यालय ठप्प हुने प्रकृया आगामी डिसेम्बरसम्म निरन्तर भएको खण्डमा संयुक्त राष्ट्र अमेरिकामा मात्रै करिब २.४ प्रतिशत बालबालिका मोटोपनको शिकार हुने अनुमान  गरिएको छ ।

विद्यालय ठप्प भएसँगै बालबालिकाको शारीरिक गतिविधिमा आउने कमीका कारण उनीहरुमा मोटोपनको समस्या देखिने उक्त अध्ययनले जनाएको हो । महामारीको फैलावट तीव्र रुपमा देखा नपरोस् भन्नका लागि करिब २ सय देशका अधिकांश विद्यालयहरु हाल अस्थाायी रुपमा बन्द गरिएका छन् ।

यसैबीच विद्यालयलाई यसरी पुर्ण रुपमा बन्द गरी यसको पुनः सञ्चालनमा अब कसरी ल्याउने ? भन्ने विषयमा आवश्यक छलफल नगरिने  हो भने २०१९–२०२० शैक्षिक सत्रमा नै बाधा देखिने रिपोर्ट अर्का अध्ययन प्mयुचरिटिले गरेको छ ।

‘राष्ट्रिय रुपमा नै विद्यालय प्रकृया ठप्प हुँदा बालबालिकाको शारीरिक सम्बन्धि शिक्षामा संलग्न हुने अवसरबाट वञ्चित हुन्छन् । यसका साथै अन्य विद्यालयसँग गरिने खेलकुद पनि विद्यालय बन्द भएका कारण ठप्प भएको वासिङ्गटनस्थित ब्राउन स्कुल स्पोर्ट्स युनिभर्सिटिका सहायक निर्देशक सेन्ट लुइसले बताए ।

आफ्ना अभिव्यक्तिमा जोड दिदै उनले भने; ‘उनीहरु घरमै बस्दा पनि गर्नुपर्ने आवश्यक नियम पालना गर्नुको बाबजुद नै बसोबास गर्ने गर्छन् । यसका साथै उनीहरु अन्य समयमा खुल्ला रहने स्थानहरु बन्द भएका कारण पनि उनीहरुको शारीरिक गतिविधिमा कमी आएकोे छ ।’

यस्तै, उनका एक सहकर्मीले पनि यसअघि २०१८–२०१९ मा अमेरिकामा मात्रै कोभिड-१९ महामारीले निम्त्याएको बालबालिकामा देखिने मोटोपनको बडि मास इन्डेक्सको परिवर्तनको निमित्त माइक्रोसिमुलेशन मोडेलको प्रयोग गरेका थिए । अध्ययनका क्रममा अन्वेषकहरुले सामाजिक नियमअनुसार, विद्यालय बन्द हुदा यसबाट बालबालिकामा पर्ने प्रभावलाई नजिकबाट नियालेका थिए ।

उक्त सर्वेक्षणबाट प्राप्त निस्कर्ष अनुसार, केहि समयका लागि विद्यालय बन्द हुदा पनि बालबालिकामा मोटोपनको समस्या देखा पर्दछ । विस्तृत रुपमा भन्नुपर्दा, २ महिनाको समयावधिका लागि मात्रै पनि विद्यालय बन्द हुदा राष्ट्रिय रुपमा ०.६४ प्रतिशत बालबालिका मोटोपनको शिकार हुन पुग्छन् । उक्त समयावधि अलिकति मात्रै लम्बिाएको खण्डमा भने मोटोपनको शिकारहुने बालबालिकाको संख्या बढेर २.४ हुन पुग्छ ।

अनुसन्धानमा संलग्न विज्ञहरुले, प्रत्येक राष्ट्रका सरकारलाई बालबालिकामा यस्ता समस्या देखा नपरोस् भन्नका निमित्त बालबालिकालाई सक्रिय जीवनशैलीमा संलग्न गराउने पब्लिक हेल्थ इन्टरभेन्सन(एगदष्अि ज्भबतिज क्ष्लतभचखभलतष्यल) गर्न समेत आह्वान गरेको छ ।

ओबेसिटि (मोटोपन) भनेको के हो? यसका बारेमा जान्नैपर्ने केहि कुराहरु 

मोटोपन भन्नाले शरीरको मोटाई आकार अत्याधिक मात्रामा बढि वा धेरै हुनु हो । यसअन्र्तगत शरीरको तौल अनिश्चित तरिकाले बढ्दछ । ‘दि सेन्टर फर डिजिज कन्ट्रोल’ ले ओबेसिटिलाई शरीरको तौल ३० वा बडि मास इन्डेक्सभन्दा बढि अवस्थालाई मानेको छ । जबकि बढि तौल भएका व्यक्तिको बिएमआई २५ भन्दा माथि र ३० भन्दा तल हुने गर्दछ ।

मोटोपनको शिकार हुनेको संख्या दिनप्रति दिन बढ्दो क्रममा

सन् २०२० देखि अमेरिकामा मात्रै मोटोपनको शिकार हुने युवाहरुको संख्यामा ३० प्रतिशतले वृद्धि भएको थियो । संयुत्त, राष्ट्रका ४० प्रतिशत युवाहरु मोटोपनको समस्याबाट ग्रसित भएका छन् । मोटोपनको समस्या हाल अधिकांश राष्ट्रमा देखा परेको छ ।

मोटोपनले बढाउँछ स्वास्थ्यको जोखिम

अध्ययनले बताए अनुसार, मोटोपनले व्यक्तिमा मुटु सम्बन्धि रोग, उच्च रक्तचाप, स्ट्रोक, टाइप २–मधुमेह, श्वासप्रवास सम्बन्धि समस्या र कम्तिमा पनि १३ प्रकारका क्यान्सरकोे जोखिम बढाउँछ ।

मोटोपनको असर बालबालिकामा पनि समान रुपमा देखापर्ने

अमेरीकामा गरिएको एक अध्ययन अनुसार, कम उमेर समूहमा १९ प्रतिशत बालबालिकामा मोटोपनको समस्या देखिएको छ । सन् १९७५ देखि २०१६ को बीचमा यस समस्या १० गुणा बराबर बढेको थियो ।

मोटा व्यक्तिहरु अल्छि हुदैनन्

सामान्यतयाः व्यक्तिहरुमा अल्छि तथा शारीरिक रुपमा तौल नियन्त्रण गर्न असक्षम भएकै कारण मोटापनको शिकार हुने सामाजिक विश्वास रहेको छ । व्यक्तिको बढि खाना खानुपर्ने बानी अन्र्तगत सामाजिक, वशांणुगत, शारीरिक तथा सामाजिक–आर्थिकजस्ता विभिन्न पक्षहरुले पनि समान भुमिका खेलेको हुन्छ ।

मोटोपन समस्या निराकरण लागि कसरत भन्दा बढि मेहनत गर्नुपर्ने

मोटोपन समस्या नियन्त्रणका लागि औषधि पनि आवश्यक पर्न सक्छ । उक्त औषधिले भोक कम लाग्ने र खाना खाइरहने बानीमा नियन्त्रण ल्याई क्रमिक रुपमा व्यक्तिको बढ्दो तौललाई समेत नियन्त्रण गर्दछ । मोटोपनका समस्या देखा परेकोसमूह अझ भन्ने हो भने विशेषगरी मधुमेह रोगीहरुका निम्ति बेरियाट्रिक सर्जरी एक प्रभावकारी समाधानमध्ये एक हो ।

मोटोपन नियन्त्रणका लागि भावनात्मक सहयोगको आवश्यक पर्ने

यस सम्बन्धि तथ्यांक हेर्ने हो भने ‘दि मायो क्लिनिक’ मोटोपनका समस्या देखा परेका व्यक्तिको उपचारका लागि व्यवहारिक रुपमा काउन्सिल तथा सर्पाेट प्रदान गरेको थियो । तसर्थ, उक्त तथ्यांकको आधारमा हेर्ने हो भने पनि मोटोपनको शिकार भएका व्यक्तिको जीवनशैलीमा परिवर्तन ल्याउनाका लागि उनीहरुप्रति भावनात्मक सपोर्टको विधि पनि कार्यन्वयन गर्नुपर्ने आवश्यक देखिन्छ ।

– एजेन्सी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ