२०८१ असार ६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचार२ सय ९० जना संक्रमित कोरोनामुक्त  

२ सय ९० जना संक्रमित कोरोनामुक्त  


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १२ जना संक्रमित कोरोनामुक्त भएको जनाएको  छ ।  प्रवक्ता डा. विकास देवकोटाले बिहिबार  थप १२ जना निको भएका जनाएका हुन् ।

निको भएर डिस्चार्ज हुनेमा प्रदेश १ का ४८ जना, प्रदेश २ का ११९ जना, वागमती प्रदेशका ३२ जना र गण्डकी प्रदेशका ३ जना रहेका छन् ।

यस्तै, प्रदेश ५ बाट ८९ जना, कर्णाली प्रदेशबाट २ जना र सुदूरपश्चिम प्रदेशबाट ७ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

यो सँगै डिस्चार्ज  हुने संक्रमितको संख्या २ सय ९० पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ