२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपाल्पाको मिसन अस्पतालमा मृत्यु भएका एक जनामा कोरोना पोजेटिभ देखियो

पाल्पाको मिसन अस्पतालमा मृत्यु भएका एक जनामा कोरोना पोजेटिभ देखियो


काठमाडौं—पाल्पास्थित मिसन अस्पतालमा मृत्यु भएका एक जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ । पाल्पा जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख विश्व न्यौपानेका अनुसार ती व्यक्तिको तीन दिनअघि मृत्यु भएको हो ।

मृत्यु भएका ४१ वर्षीय ती पुरूषमा कोभिड—१९ सँग मिल्दाजुल्दा लक्षण देखिएपछि स्वाब परीक्षणका लागि भैरहवास्थित प्रयोगशालामा पठाइएको थियो ।

‘तीन दिनअघि मृत्यु भएको हो । कोभिड—१९ सँग मिल्दाजुल्दा लक्षण देखिएपछि उहाँको स्वाब परीक्षण गर्न भैरहवास्थित प्रयोगशालामा पठाएका थियौं,’ उनले भने, ‘आज स्वाबको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ ।’

ती व्यक्ति पाल्पाको पूर्व खोला गाउँपालिकाका रहेका छन् । उनका बारेमा थप विवरण भने आइसकेको छैन् । यससँगै कोभिड—१९ पोजेटिभ देखिएकाको मृत्यु संख्या १० पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ