२०८१ साउन १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैदिन ३३४ जनामा कोरोना संक्रमण पुष्टि

एकैदिन ३३४ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं—नेपालमा थप ३३४ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । बिहीबार देशका विभिन्न २१ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

प्रदेशमा १ को कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । खोटाङ  हलेसीका ३ जना र झापाको कचनकवल २ जनामा कोभिड—१९ पुष्टि भएको छ । यस्तै, प्रादेशिक प्रयोगशालामा परीक्षण गर्दा १ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । ती व्यक्ति मोरङको सुन्दर हरैचा नगरपालिकाका रहेका छन् ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा १८ जनाको पोजेटिभ आएको छ । झापाका ३ जना, ताप्लेजुङका (हाल सुनसरी क्वारेन्टाइन) १ जना, मोरङ १ जना, सप्तरीका १३ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै, प्रादेशिक हेटौडामा ९ जनाको पोजेटिभ देखिएको छ । जसमध्ये ७ जना बाराका रहेका छन् भने रौतहट र सिन्धुलीका १/१ जना रहेका छन् ।

पोखरास्थित प्रयोगशालामा गरिएको परीक्षणमा १६ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । जसमध्ये बाग्लुङमा १० जना, पर्वतमा ४ जना र स्याङजा र म्याग्दीमा १/१ जनामा कोभिड—१९ पोजेटिभ देखिएको हो ।

सेती अस्पतालको प्रयोगशालामा ३ जनामा कोभिड-१९ पोजेटिभ देखिएको छ । संक्रमण देखिएका तीनै जना डोटीका रहेका छन् ।

यस्तै, भेरी अस्पातलको प्रयोगशालामा ४२ जनाको पोजेटिभ देखिएको छ । उनीहरु सबै बाँकेकै रहेका छन् ।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा कोभिड-१९ पोजेटिभ देखिएको छ । उनीहरु सबै कपिलवस्तु कृष्णनगरका रहेका छन् ।

यस्तै, दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा १४ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएका सबै दाङ जिल्लाकै रहेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा १०६ जनामा कोभिड—१९ पोजेटिभ देखिएको हो । जसमा मुगुका १ जना र अन्य दैलेखका रहेका छन् ।  सुर्खेतस्थित प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । जसमा नारायण नगरपालिका—१० का ३ जना, नौमुले—१ र २ का ५ जना रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ९३ जनामा कोभिड—१९ पुष्टि भएको छ । जसमा रौतहटका ६४ जना, बाराका ५ जना, कपिलवस्तुका १२ जना, बाँकेका ५ जना, धनुषा ६ जना, महोत्तरीका ३ जना र सर्लाहीका ३ जना रहेका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । उनी पर्साका रहेका छन् ।

भैरहवास्थित प्रयोगशालामा गरिएको परीक्षणमा २२ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । जसमा रुपन्देहीका १८ जना, नवलपरासी पश्चिमका २ जना, अर्घाखाँची र पाल्पाका १/१ जनामा कोभिड—१९ पोजेटिभ देखिएको हो । यससँगै नेपालमा २ हजार ६ सय ३४ संक्रमित पुगेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ