२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रदेश १ मा थप २७ जना कोरोना मुक्त

प्रदेश १ मा थप २७ जना कोरोना मुक्त


विराटनगर—प्रदेश १ बाट थप २७ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रबाट थप २७ जना बिहीबार कोरोनामुक्त भएर डिस्चार्ज भएका हुन् ।

कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ४१ मध्ये कोरोना संक्रमितहरु २७ जना कोरोनामुक्त भएर डिस्चार्ज भएको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए । कोरोनामुक्त भएर डिस्चार्ज हुनेमा उदयपुरका २, झापाका ७, मोरङका ५, सुनसरीका ४, धनकुटाका २, खोटाङका १ र सप्तरीका २ जना गरी २३ जना पुरुष र ४ जना महिला रहेका अस्पताल व्यवस्थापन समितिका संयोजक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

डिस्चार्ज भएका सबैलाई प्रदेश नं. १ का सामाजिक विकास मन्त्री  घिमिरेले फूलको गुच्छा दिएर विदाइ गरेका थिए । २७ जना डिस्चार्ज भएसँगै अब कोशी अस्पतालको कोभिड—१९ उपचार केन्द्रमा १४ जना उपचाररत छन् । उपचाररत सबैको अवस्था सामान्य रहेको कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले बताइन् ।

कोरोना संक्रमणको दर बढेसँगै प्रदेश सरकारले संक्रमितको उपचारका लागि विषेध ध्यान दिएको मन्त्री घिमिरेले बताए । उनले उदयपुर कोरोनामुक्त भएको पनि बताए । धनकुटामा कोरोना संक्रमणको स्रोत नदेखिएपछि अस्पतालभित्रको संक्रमण भने नियन्त्रणमा आएको उनले बताए । संक्रमण देखिएकाहरू धेरै भारतबाट आएकाहरू रहेको बताउँदै उनले बाहिरबाट आएकाहरूलाई क्वारेन्टाइनमा बस्न आग्रह गरे ।

यसरी प्रदेश नं. १ मा कोरोनामुक्त हुनेको संख्या ७८ पुगेको छ भने आज मात्रै थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश नं. १ मा भने कोरोना संक्रमितको संख्या भने २ सय १ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ