२०८१ वैशाख ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सक हातपातको घटनामा अनुसन्धान जारी (अडियोसहित)

चिकित्सक हातपातको घटनामा अनुसन्धान जारी (अडियोसहित)


काठमाडौं—जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा १४ जेठमा चिकित्सकमाथि हातपात भएको विषयमा प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।

हातपात गरिएको भनिएको समयको सिसिटीभी फुटेज हराएपछि उक्त सिसिटीभी फुटेज सम्बन्धित दुई जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान जारी राखेको छ । नेपाल प्रहरीको वौद्ध वृतका प्रमुख नवीन कार्कीले शुक्रबार सिसिटीभीसँग सम्बन्धित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान जारी रहेको जानकारी दिएका थिए ।

हेल्थआवाजले शुक्रबार साँझ उक्त समाचार प्रकाशित गरेपछि केही व्यक्तिले हाम्रो पत्रकारिताको विश्वसनीयतामा प्रश्न उठाएको हुँदा समाचारसँग सम्बन्धित अडियो प्रकाशित गरिएको छ ।

 अडियो संवाद

चिकित्सकमाथि हातपात भएपछि चिकित्सकहरुले आन्दोलन गरेका थिए । आन्दोलनरत चिकित्सक र स्वास्थ्य मन्त्रालयबीच २१ जेठमा ५ बुँदे सहमति भएको थियो ।

तर, सो सहमतिमा नेपाल मेडिकल कलेजका चिकित्सकहरुलाई सहभागी नगराइएको भन्दैं उनीहरुले आन्दोलन जारी राखेका छन् । आन्दोलन जारी रहेकै बेलामा प्रहरीले अस्पतालका सिसिटीभीसँग सम्बन्धित दुई जनालाई नियन्त्रण लिएर अनुसन्धान जारी राखेको छ ।

याे पनि  

चिकित्सकमाथि हातपातको घटनामा अनुसन्धान सुरु, २ जनालाई नियन्त्रणमा लिएर बयान लिदैं प्रहरी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ