२०८१ वैशाख ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रा. डा. प्रेम ज्ञवालीको संयोजकत्वमा आइओएमको डिन छान्न सर्च कमिटी गठन

प्रा. डा. प्रेम ज्ञवालीको संयोजकत्वमा आइओएमको डिन छान्न सर्च कमिटी गठन


काठमाडौं—चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमको नयाँ डिन सिफारिसका लागि सर्च कमिटी गठन भएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का डिन प्रा.डा. जगदीश अग्रवालको कार्यकाल २२ जेठमा सकिएपछि नयाँ डिन सिफारीसका लागि सचै कमिटी गठन भएको हो ।

प्राध्यापक डा. प्रेमराज ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय सर्च कमिटी गठन भएको हो । कमिटीमा प्रा.डा सुवास आचार्य र रिटायर्ड प्रा.डा. जीवन शेरचन सदस्य रहेका छन् । समितिले चाडै नियमअनुसार नयाँ डिनको सिफारिस गर्नेछ ।

स्रोतका अनुसार डिनका लागि प्रा.डा. भगवान कोइराला, प्रा.डा दिव्यासिंह शाह, प्रा.डा दिनेश काफ्ले, प्रा.डा दिपक प्रकाश महरालगायत प्रतिस्पर्धामा छन् । त्रिविको नियमअनुसार योग्यता र क्षमताका आधारमा तीन जनाको नाम सिफारिस हुनेछ ।

‘डिन नियुक्ति सम्वन्धी व्यवस्था त्रिवि रातो किताबमा प्रष्टसँग लेखिएको छ । हामीले त्यसलाई नै टेकेर प्रक्रिया अघि बढाउने हो,’ सर्च कमिटीका संयोजक प्राडा प्रेमराज ज्ञवालीले भने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ