२०८१ वैशाख ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ४ सहित थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा ४ सहित थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं—काठमाडौं उपत्यका थप ४ जना सहित थप ३२३ जनामा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२३ जनामा कोभिड—१९ पोजेटिभ देखिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १ सय २० जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । जनस्वास्थ्य प्रयोगशालामा काठमाडौंमा ४ जना, भक्तपुर १ जना, धनुषाका ८ जना, कपिलवस्तुका ३९ जना, महोत्तरीका ३५ जना, रौतहटका ६ जना र सर्लाहीका २७ जनामा कोभिड—१९ पुष्टि भएको छ ।

प्रदेश १ को प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा ६ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । जसमा मोरङका २ जना र सुनसरीका ४ जनामा पोजेटिभ देखिएको छ । कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीका १ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ८ जनाको कोभिड—१९ पोजेटिभ देखिएको छ । सुनसरी १ जना, सप्तरीका ७ जना रहेका छन् ।

यस्तै, चितवनस्थित प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका ३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

सेती अस्पतालको प्रयोगशालामा १३ जनामा पोजेटिभ आएको छ । बझाङ ६ जना, कन्चनपुर ३ जना, अछाम १ जना र कैलाली २ जना, डडेल्धुराका १ जनाको कोभिड—१९ पोजेटिभ आएको छ ।

पोखरास्थित प्रयोगशालामा गरिएको परीक्षणमा १४ जनामा कोभिड—१९ पोजटिभ देखिएको छ । जसमा स्याङजामा १० जनामा, कास्कीमा ३ जनामा र बाग्लुङमा १ जनामा कोरोना पुष्टि भएको छ ।

भैरहवास्थित प्रयोगशालामा गरिएको १७ जनामा कोभिड—१९ पोजेटिभ देखिएको हो । परीक्षणमा रुपन्देहीमा ३ जना र कपिलवस्तुमा ११ जना, नवलपरासी २ जनामा, अर्घाखाँची १ जनामा कोभिड—१९ पोजेटिभ देखिएको हो ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४० जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि भएको छ । जसमध्ये २८ जना बर्दियाका रहेका छन् भने १२ जना बाँकेका रहेका छन् ।

यसैगरी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४४ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । जसमा दैलेखका ४३ जना रहेका छन् भने १ जना डोल्पाका छन् ।

सुर्खेतस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा ५७ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । जसमा दैलेख ४ जना, सुर्खेतका १० जना, जाजरकोट ४ जना, हुम्लाका १ जना, सल्यानका ३८ जना रहेका छन् ।

यससँगै नेपालमा संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ