२०८१ वैशाख २८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २ सय १३ जनामा कोभिड-१९ पुष्टि

थप २ सय १३ जनामा कोभिड-१९ पुष्टि


काठमाडाैं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ सय १३ जनामा कोभिड-१९ पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय १३ जनामा कोभिड-१९ पोजेटिभ पुष्टि भएको हो । जसमध्ये २ सय ९ जना पुरुष र ४ जना महिला रहेका छन् ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय १३ जनामा कोभिड-१९ पोजेटिभ देखिएको हो । विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा ६ जनामा संक्रमण देखिएको छ । जसमध्ये झापाका २ जना, सुनसरीका २ जना, मोरङका २ जना रहेका छन् ।

त्यस्तै, कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मोरङको १ जनामा पुष्टि भएको छ। यसैगरी, सुर्खेतका २० जना, दैलेखका ३ जना, धादिङका १ जना, रौटहटका १ जना, धनुषाका १ जना, सिरहाका २ जना, कालिकोटका ३ जना, दाङका २ जना, प्युठानका १ जना, रोल्पाका १ जना, कपिलवस्तुका १ जना,सल्यानका २८ जना, सर्लाहीका ५७ जना, कपिलवस्तुका ९ जना, महोत्तरीका ५ जना, सर्लाहीका १८ जना, सिन्धुपाल्चोकका १ जना र उदयपुरका ३ जना रहेको मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा संक्रमितको ३ हजार ४ सय ४८ पुगेको छ ।

यस्तै, आज थप १ सय २ जना संक्रमित डिस्चार्ज भएका छन्। यो सँगै कोरोनामुक्त हुने संक्रमितको संख्या ४ सय ६७ पुगेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ