२०८१ वैशाख २८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसामाग्री अभावले टेकु अस्पतालको अटोमेटिक आरएनए एक्ट्राक्सन मेसिन बन्द

सामाग्री अभावले टेकु अस्पतालको अटोमेटिक आरएनए एक्ट्राक्सन मेसिन बन्द


काठमाडौं—देशको एक मात्रै शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा संचालित कोरोना जाँच गर्ने अटोमेटिक आरएनए एक्ट्राक्सन मेसिन बन्द भएको छ । परीक्षणका लागि चाहिने अत्यावश्यक उपभोग्य सामग्री सकिएपछि परीक्षण बन्द भएको हो ।

अस्पतालका अनुसार आइतबारसम्म परीक्षणमा पुग्ने उपभोग्य सामग्री भएपनि सोमबारबाट सकिएको छ । परीक्षणलाई तीब्रता दिने उद्धेश्यले सरकारले टेकु अस्पतालमा भएको अटोमेटिक आरएनए एक्ट्राक्सन मेसिन संचालनमा ल्याएको थियो । अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार परीक्षणका लागि चाहिने किट अभाव भएको छ ।

देशमा तीन वटा कोभिड—१९ जाँच गर्ने अटोमेटिक आरएनए एक्ट्राक्सन मेसिन रहेको छ । यी मेसिन बिराटनगर, पोखरा र टेकु अस्पतालमा छन् । पिसिआर किटले यसलाई काम गर्र्दैन । जर्मनले उत्पादन गरेको कायाजीन कम्पनीको सो अटोमेटिक आरएनए एक्ट्राक्सन मेसिनका लागि कोभिड—१९ परीक्षण गर्न सोही कम्पनीले उत्पादन गरेको मात्रै किट मिल्छ ।

अस्पतालसँग आवश्यक किट खरिदगर्न पैसा छैन । निकै महंगो पर्ने भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि खरिदका लागि रकम उपलब्ध गराउनेमा अस्पताल आशावादी छैन । ‘अस्पताल स्रोत भन्छ, ‘राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रसँग अटोमेटिक आरएनए एक्ट्राक्सन मेसिनलाई मिल्ने २ हजार किट छ । त्यसले दिएको खण्डमा नियमीत परिक्षण हुनेछ, अन्यथा सोमबार देखि सेवा ठप्प हुन्छ,’ शुक्रराज अस्पतालले अटोमेटिक आरएनए एक्ट्राक्सन मेसिनमार्फत दैनिक ३ सय नमुना परीक्षण गर्दै आएको बताको छ ।
पिसिआर परिक्षणका लागि भने ५० हजार बढी किट मौज्दात रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले जनाएको छ ।

यी सामान आवश्यक

  •  डिएसपी भाइरस प्याथोगेन मिडिकिट
  • फिल्टर टिप्स दुई थरी
  • ट्युव २ मिलिलिटर
  • स्याम्पल प्रिपेरेशन काडिएज
  • एण्ड रड कभर
  • एलुशन माइक्रो ट्युव
  • स्ट्रीप ट्युब एण्ड क्याप
  • १००—१००० माइक्रोलिटर फिल्टर टिप्स
  • १ — १० माइक्रोलिटर फिल्टर टिप्स

क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ