२०८१ वैशाख २८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोनाबाट मिर्गौलाका बिरामीको मृत्यु

कोरोनाबाट मिर्गौलाका बिरामीको मृत्यु


काठमाडौं—स्याङजाका एक जना पुरूषको कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट मृत्यु भएको छ । उपचारका क्रममा उनको आइतबार राति आइसोलेसनमै मृत्यु भएको हो ।

स्याङजाको वालिङका ६० वर्षीय पुरुष आइतबार कोभिड—१९ संक्रमण पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन भर्ना भएका थिए ।

 गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले कोरोनाको संक्रमणका कारण ६० वर्षीय ती व्यक्तिको मृत्यु भएको पुष्टि गरेको हो ।

‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा हिजो कोरोना संक्रमणको कारण आइसोलेसनमा भर्ना गरिएका स्याङजा जिल्ला, वालिङ नगरपालिका स्थायी ठेगाना भएका वर्ष ६० का १ जना पुरुषको मृत्युको पुष्टि भएको छ,’ निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जारी गरेको विज्ञप्तिमा छ ।

मिर्गौला रोगका समेत पीडित रहेका उनी भारतबाट उपचारपछि २१ जेठमा नेपाल फर्किएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ