२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना संक्रमित गर्भवतीको आकस्मिक शल्यक्रिया हुँदैं, नेपालगन्ज मेडिकल कलेजका अन्य सेवा एक दिनलाई बन्द

कोरोना संक्रमित गर्भवतीको आकस्मिक शल्यक्रिया हुँदैं, नेपालगन्ज मेडिकल कलेजका अन्य सेवा एक दिनलाई बन्द


धनगढी—अछामबाट हेलिकप्टरमार्फत उद्धार गरेर उपचारका लागि कोहलपुर ल्याइएकी कोभिड—१९ संक्रमित गर्भवती महिलाको नेपालगन्ज मेडिकल कलेजमा आकस्मिक शल्यक्रिया हुने भएको छ । मेडिकल कलेज स्रोतअनुसार ती महिलामा कोभिड—१९ पुष्टि भएसँगै मंगलबार अन्य सेवाहरु बन्द गरेर महिलाको आकस्मिक शल्यक्रियाको तयारी थालिएको हो ।

चौरपाटी गाउँपालिका—५ की ती महिला १० दिनअघि मुम्बईबाट फर्किएर गाउँपालिकाको क्वारेन्टाइनमा बसिरहेकी थिइन् ।

२५ वर्षीया ती गर्भवती महिलालाई स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बयलपाटा हस्पिटल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई नेपालगन्ज रिफर गरिएको थियो । त्यसपछि सोमबार हेलिकप्टरबाट उद्धार गरेर कोहलपुर पु¥याइएको थियो । उनी १८ हप्ताका गर्भवती रहेकी मेडिकल कलेजले जनाएको छ ।

आकस्मिक उपचारका लागि ल्याइएकी ती महिलामा कोरोना पुष्टि भएपछि इमर्जेन्सी र ओ.पी.डी सेवा बन्द गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

‘अछाम जिल्ला बयलपाटा हस्पिटलबाट रिफर भई आउनुभएकी कोरोना संक्रमति एक २५ वर्षीया १८ हप्ताकी गर्भवती महिलाको आन्द्रा बेरिएका (Acute Intestinal Obstruction) कारण आज नेपालगन्ज मेडिकल कजेज कोहलपुरमा आकस्मिक अप्रेसन गर्नुपर्ने भएकाले आन्तरिक व्यवस्थापनका लागि आज एक दिन मात्र कोहलपुर अस्पतालको सम्पूर्ण बहिरंग र आकस्मिक सेवाहरु बन्द गरिएको व्यवहोरा सबैमा जानकारीका लागि अनुरोध गर्दछौं,’ मेडिकल कलेजले भनेको छ ।

साथै, मेडिकल कलेजले भोलिदेखि उक्त सेवा सुचारु गर्ने जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ