२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ३२३ जनामा कोरोना संक्रमण पुष्टि

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं—नेपालमा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ३२३ जना कोभिड—१९ संक्रमित थपिएका हुन् ।

सक्रमितमध्ये २९१ जना पुरूष र ३१ जना महिला रहेका छन् । जसमध्ये २९२ पुरुष रहेका छन् ९१ महिला छन् । प्रादेशिक प्रयोगशाला विराटनगरमा ३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, कोशी अस्पतालमा प्रयोगशालामा इलामका १ जना पुरुषमा कोभिड—१९ पुष्टि भएको छ ।

यस्तै, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा धरानमा ७ जनामा कोभिड—१९ संक्रमण देखिएको छ । जसमध्ये सुनसरीका १ जना, सप्तरीको ६ जना रहेका छन् ।

यस्तै, प्रादेशिक प्रयोगशालामा भरतपुरमा ३० जनाका कोभिड—१९ पुष्टि भएको छ । जसमध्ये चितवनका २४ जना र नवलपुरका ३ जना, धादिङ १ जना, कपिलवस्तुका १ जना र सप्तरीको १ जना रहेका छन् ।

प्रादेशिक प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा २४ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । जसमध्ये म्याग्दीका १ जना, नवलपुरका १२ जना र बाग्लुङका ११ जना रहेका छन् ।

प्रादेशिक प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा ४१ जनामा कोभिड—१९ संक्रमण देखिएको छ । जसमध्ये धनुषा २१ जना, महोत्तरी १९ जना, सर्लाही १ जना रहेका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ६ जनामा कोभिड—१९ पुष्टि भएको छ । ६ जना नै दाङको रहेका छन् । ९ जना नै बाँकेका रहेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । उनीहरु दुवै जना जुम्लाका रहेका छन् । प्रादेशिक प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १६ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । सल्यानका १२ र सुर्खेतका ४ जना रहेका छन् । यस्तै, भेरी अस्पताल प्रयोगशाला नेपालगन्जमा गरिएको परीक्षणमा ९ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३७ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । दार्चुलाका १० जना, कन्चनपुरका १९ जना, डडेल्धुराका ७ जना र कैलालीका १ जना रहेका छन् ।

प्रादेशिक अस्पताल रुपन्देहीमा गरिएको परीक्षणमा २२ जनामा कोभिड—१९ पुष्टि भएको छ । जसमध्ये रुपन्देहीका २० जना र कपिलवस्तुका २ जना रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १२५ जनाको कोभिड—१९ पोजेटिभ देखिएको छ । त्यसमा २४ जना धनुषा, कपिलवस्तु ७ जना, महोत्तरी ३१ जना, नवलपरासी पश्चिम १२ जना, नुवाकोटमा २ जना र रौतहटका २१ जना र सर्लाही १६ जना र सिरहाका १२ जना रहेका छन् ।

यससँगै नेपालमा संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । अहिलेसम्म निको भएर डिस्चार्ज हुने संख्या ५८४ पुगेको छ । जसमध्ये पुरुष ५०७ जना छन् भने ७७ जना महिला रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ