२०८१ जेठ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड—१९ का कारण तीन महिनामा दोब्बरले घट्यो सुरक्षित गर्भपतन

कोभिड—१९ का कारण तीन महिनामा दोब्बरले घट्यो सुरक्षित गर्भपतन


काठमाडौं—कोरोना भाइरस (कोभिड—१९) का कारण मुलुकमा सुरक्षित गर्भपतन गराउनेको संख्यामा दोब्बरले कमी आएको छ । सरकारी तथ्यांकअनुसार बितेका तीन महिनामा यो संख्या आश्चर्यजनक रुपमा घटेको सम्बन्धित अधिकारीहरुले बताएका छन् ।

सरकारले २० वर्षमुनि औषधी खाएर, २० वर्षमुनि शल्यक्रियाबाट, २० वर्षमाथि शल्यक्रियाबाट र २० वर्षमाथि औषधी खाएर गर्ने गर्भपतनलाई आफ्नो सूचना प्रणालीमा समावेश गरेको छ । गत चैत महिनामा यी चार वटै सेवा लिएर गर्भपतन गराउनेको संख्या ३ हजार २ सय ९५ रहेको छ । तर, अघिल्लो वर्षको चैतमा यही सेवा लिनेको संख्या ८ हजार ३ सय ९७ रहेको थियो । एकै महिनामा आश्चर्यजनक रुपमा सेवा लिनेको संख्या घट्नुले मातृ मृत्युदर ह्वात्तै बढाउने अनुमान विज्ञहरुले लगाएका छन् । त्यस्तै परिवार नियोजनका साधन प्रयोगकर्ताको संख्यामा पनि चिन्ता थपिएको छ ।

सुरक्षित गर्भपतन सेवाको अभावमा महिलाले घरमै असुरक्षित गर्भपतन गराउँदा ज्यानै गुमाउनु परेको र अन्य जटिल स्वास्थ्य समस्या बढ्ने अनुमान परिवार कल्याण महाशाखाले गरेको छ । पछिल्लो समय अप्रत्याशित रुपमा सुरक्षित गर्भपतनले असुरक्षित गर्भपतनमा महिलाहरुलाई धकेल्न सक्छ । यसले मातृ मृत्युदर घटाउने सरकारको लक्ष्यमा ब्रेक लगाउने देखिएको छ ।

त्यस्तै, नेपालको परिवार नियोजनको वर्तमान अवस्था साह्रै दयनीय अवस्थामा पुगेको छ । अहिले आम जनताको सहज पहुँचमा परिवार नियोजनका साधनको उपलब्धता छैन । मुलुकका कुनैपनि भागमा बसोबास गर्ने पुरुष वा महिलाको परिवार नियोजनको आवश्यकता पूरा गरी उनीहरुको प्रजनन स्वास्थ्यको अवस्था र गुणस्तरीय जीवनयापनमा सुधार ल्याउन योगदान पु¥याउने सरकारले लक्ष्य भएपनि हालको अवस्थामा सम्भव देखिएको छैन । यसको प्रमुख कारण हो पछिल्लो चार महिनादेखि देशमा बढ्दै गएको लकडाउन र कोभिडको त्रास ।

पछिल्लो चार महिनायता प्रजनन उमेरका सबै किशोर–किशोरीलाई परिवार नियोजन, सुरक्षित मातृत्व तथा सुरक्षित गर्भपतनबारे राम्ररी अन्तरक्रिया, स्वास्थ्य शिक्षा कार्यक्रममार्फत सन्देश प्रदान गर्न सकिएको छैन । त्यस्तै प्रजनन उमेर समूहका दम्पत्तीलाई पनि परिवार नियोजन, गर्भान्तर, सुरक्षित मातृत्वबारे जानकारी दिन सकिएको छैन यसले गर्दा कोभिड—१९ को महामारीमा देशमा सुरक्षित रुपमा गर्भपतन गराउने संख्या दोब्बरले घटेको छ भने परिवार नियोजनका साधन प्रयोगकर्ता पनि आश्चर्यजनक रुपमा घटेका छन् ।

परिवार कल्याण महाशाखाका पूर्व निर्देशक डा. नरेशप्रताप केसीका अनुसार देशमा सुरक्षित रुपमा गर्भपतन गराउने र परिवार नियोजनका साधनको प्रयोगकर्ता घट्नु देशका लागि खुसीको विषय होइन् । स्वास्थ्य क्षेत्रका सबै अधिकारीहरु कोभिड—१९ मा लागेकाले स्वास्थ्यका सुचकहरु ओरालो लाग्न थालेका छन् । डा. केसीकाअनुसार यसरी सुचांकमा ओरालो लाग्नु भनेको मातृ मृत्युमा असर पर्नु हो । यसले मातृमृत्युको संख्यालाई बढावा दिने केसी बताउँछन् ।

परिवार कल्याण महाशाखाका अनुसार परिवार नियोजन सेवा र सुरक्षित गर्भपतनमार्फत नेपालको जनसंख्या वृद्धिमा नियन्त्रण गर्नु अत्यन्त जरुरी छ । परिवार नियोजनका अस्थायी साधन (पिल्स, कण्डम, डिपोप्रोभेरा, आई.यु.डी र इम्प्लान्ट) र स्थायी साधन (पुरुषका लागि भ्यासक्टोमी तथा महिलाका लागि मिनिल्याप)को उपयोग दर वृद्धि नगरी सुखै छैन । तर, यी सबै योजना कोभिड—१९ ले छताछुल्ल पारेको छ ।

यस्तो छ सुरक्षित गर्भपतनको अवस्था


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ