२०८१ जेठ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २५० जनामा कोभिड—१९ पुष्टि, नेपालमा संक्रमितको संख्या ४६१४ पुग्यो

थप २५० जनामा कोभिड—१९ पुष्टि, नेपालमा संक्रमितको संख्या ४६१४ पुग्यो


काठमाडौं—नेपालमा थप २५० जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २५० जनामा कोभिड—१९  पुष्टि भएको हो । जसमध्ये २३० पुरुष २० जना महिला रहेका छन् ।

यससँगै नेपालमा कोभिड—१९ संक्रमितको संख्या ४ हजार ६ सय १४ जना पुगेको छ ।

कहाँ कति थपिए ?

प्रदेश १ प्रयोगशाला विराटनगर : सुनसरीका ३ जना
कोशी अस्पताल प्रयोगशाला : झापाका ३ जना
विपी स्वास्थ्य विज्ञान प्रयोगशाला : सप्तरीका ९ जना
जनकपुर प्रयोगशाला : सर्लाहीका २ जना, रौतहटका १५ जना र महोत्तरी ४ जना
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला : कपिलवस्तुका १ जना, रौतहटका ३९ जना
प्रादेशिक प्रयोगशाला भैरहवामाः कपिलवस्तुका १ जना, प्युठानका ४ जना र रुपन्देही २९ जना
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान :  दाङका ८ जना
भेरी अस्पताल प्रयोगशालामा :  रोल्पाका १४ जना, बाँकेका १३ जना
सेती प्रादेशिक अस्पताल :  बाजुरा १७ जना, कैलाली ८ जना, बझाङमा २ जना
नारायणी अस्पताल प्रयोगशालाः रौतहटका ३ जना
हेटौडामा प्रयोगशालामा : बाराका ७ जना, धादिङका ७ जना
सुर्खेत प्रादेशिक प्रयोगशालामा : दैलेखका ४८ जना, सुर्खेत ७ जना
धुलिखेल प्रयोगशालामा : नवलपरासी पश्चिम ६ जना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ