२०८१ जेठ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअत्यावश्यक स्वास्थ्य सामाग्री तत्काल खरिद गरिने, लकडाउन खुकुलो पारियो

अत्यावश्यक स्वास्थ्य सामाग्री तत्काल खरिद गरिने, लकडाउन खुकुलो पारियो


काठमाडाैं-सरकारले कोभिड-१९को नियन्त्रण तथा रोकथाम र उपचारको लागि आधारभूत स्वास्थ्य सामाग्री छिटोभन्दा छिटो खरिद गर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा कोभिड-१९को नियन्त्रण तथा उपचारको लागि आवश्यक पर्ने मेसिनरी, औषधी र स्वास्थ्य सामाग्री शीघ्र खरिद गर्ने निर्णय भएको हो।

बिहिबार बसेको मन्त्रिपरिषद बैठकमा आवश्यक पर्ने पिसिआर मेसिन, किट्स खरिद गर्ने र परीक्षणको दायरा बढाउने निर्णय भएको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले जनाकारी दिए। त्यस्तै, क्वारेन्टाइनलाई थप सुधार गर्ने र देशभरका आइसोलेसनलाई व्यवस्थित बनाउने सरकारले निर्णय गरेको छ।

यसको साथै बैठकमा सरकारले लकडाउनको स्वरूप खुकुलो बनाउने निर्णय गरेको छ। बैठकमा डिपार्टमेन्ट स्टोर, पसल र उद्योग खुला गर्ने निर्णय भएको छ। अर्थमन्त्री डा. खतिवडाका अनुसार भौतिक दूरी बनाउनको लागि सरकारी र निजी कार्यालय दुई सिफ्ट गरी चल्नेछ। त्यस्तै, अब देखि निजी यातायात पनि चल्ने भएको छ।

उनले साइकल र मोटरसाइकल गुड्न दिइने तर चलाउने व्यक्तिले मात्र यात्रा गर्न पाउने बताएका छन्। मनोरन्जन स्थल र सपिङ्ग मल भने खुला नगरिएको डा. खतिवडाले जनाए।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ