२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचितवनमा थप ८ जनामा देखियो कोरोना पोजेटिभ

चितवनमा थप ८ जनामा देखियो कोरोना पोजेटिभ


चितवन-चितवनमा थप ८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुरमा रहेको कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि भएका सबै माडी नगरपालिकाका रहेको स्रोतले जनाएको छ । यसअघि माडीकै ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यो सँगै चितवनमा कोरोना संक्रमितहरुको संख्या ३५ पुगेको छ जसमध्य २ जना निको भएर घर फर्किसकेका छन् भने एक जना ६८ वर्षीय पुरुषको गत मंगलबार मात्रै मृत्यु भएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ