२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार२४ घण्टामा ५ हजार ९ सय ८१ परीक्षण हुँदा ४४८ जनामा कोरोना पुष्टि, कुन प्रयोगशालामा कति ?

२४ घण्टामा ५ हजार ९ सय ८१ परीक्षण हुँदा ४४८ जनामा कोरोना पुष्टि, कुन प्रयोगशालामा कति ?


काठमाडौं—नेपालमा २४ घण्टाको अवधिमा अहिलेसम्मकै बढी  कोभिड-१९ को पिसीआर परीक्षण भएको छ ।  एकैदिन ५ हजार ९ सय ८१ जनामा गरिएको पीसीआर परीक्षणमा ४४८ जनामा कोभिड—१९ पोजेटिभ पुष्टि भएको छ।

जसमध्ये ४२४ पुरुष र २४ जना महिला रहेका छन् ।  कोभिड—१९ को संक्रमण ७२ जिल्लामा फैलिएको छ । यससँगै कोभिड-१९ संक्रमितको संख्या ५ हजार ६२ जना पुगेको छ ।

कुन प्रयोगशालामा कुन जिल्लाका कतिमा देखियो कोभिड-१९  पोजेटिभ

१) प्रदेश १ को प्रादेशिक प्रयोगशाला —झापाका ७ जना र मोरङका २ जना

२) कोशी अस्पताल प्रयोगशाला— इलामका १ जना, झापा ६ जना, सुनसरीका १० जना

३) विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान— सप्तरीका १७ जना, उदयपुरका ३ जना र सिरहाका ११ जना

४) त्रिवि शिक्षण अस्पताल प्रयोगशाला— महोत्तरीका १० जना

५) भरतपुर प्रयोगशालामा चितवन— चितवनका ८ जना

६) पाटन अस्पताल प्रयोगशाला—धादिङका १ जना

७) प्रादेशिक प्रयोगशालामा पोखरा—पर्वतका १३ जना, स्याङजाका २२ जना, नवलपरासी पूर्व १ जना

८) भेरी अस्पताल प्रयोगशाला—बर्दियाका १५ जना र बाँकेका १ जना

९) शुक्रराज ट्रपिकल प्रयोगशाला—नवलपरासी पूर्व ४ जना, मोरङ १ जना र धादिङ २७ जना

१०) प्रादेशिक प्रयोगशाला जनकपुर—धनुषाका १४ जना, महोत्तरीका ६ जना, सर्लाहीका ३ जना

११) धुलिखेल अस्पताल प्रयोगशाला—कपिलवस्तु ४ जना, सर्लाहीका ४ जना

१२) राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला—दाङका ८ जना

१३) प्रादेशिक प्रयोगशाला सुर्खेत—दैलेखका ३८ जना, सुर्खेत ४५ जना

१४) प्रादेशिक प्रयोगशाला भैरहवा—अर्घाखाँची २ जना, प्यूठान २, पाल्पा १ जना, गुल्मी १ जना, रुपन्देही १६ जना र नवलपरासी पश्चिम २ जना

१५) राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु—बारा १ जना, धनुषा १ जना, नुवाकोट १ जना, धादिङ १ जना, काठमाडौं १ जना, सर्लाही ५० जना, रौतहट ८६ जना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ