२०८१ असोज २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना संक्रमित दुई चिकित्सक र एक नर्स निको भएर घर फर्किए

कोरोना संक्रमित दुई चिकित्सक र एक नर्स निको भएर घर फर्किए


काठमाडौं–कोभिड-१९ संक्रमण भएका काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालका दुई चिकित्सक र एक नर्स कोरोनामुक्त भएका छन् । मेडिकल कलेजकी प्रिन्सिपल डा. चन्दा कार्कीले बिहिबार गरिएको पिसिआर परीक्षणमा संक्रमित दुई जना चिकित्सक र एकजना नर्सको रिपोर्ट नेगेटिभ आएपछि घर गएको जानकारी दिइन ।

‘हिजो तीनै जनाको रिपोर्ट नेगेटिभ आयो,’ उनले भनिन्, ‘आजबाट घर जानुभयो ।’ कोरोना संक्रमित भएपछि उनीहरु मेडिकल कलेजको दुवाकोटस्थित कोभिड अस्पतालको आइसोलेसनमा थिए ।

तीन स्वास्थ्यकर्मीमा कोभिड-१९ पाेजेटिभ आएपछि अस्पतालले दुई दिन सेवा बन्द भएको थियो । अस्पतालमा ३ सय २० कर्मचारीको पिसिआर परीक्षण गरेको र सबैको नतिजा नेगेटिभ आएपछि अस्पताललाई निर्मुलीकरण गरी संचालनमा ल्याइएको डा. कार्कीले बताइन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ