२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीरगन्जमा एकैदिन कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

वीरगन्जमा एकैदिन कोरोना संक्रमणबाट दुई जनाको मृत्यु


काठमाडौं—वीरगन्जमा एकैदिन दुई जनाको कोरोना भाइरस (कोभिड—१९) को संक्रमणबाट मृत्यु भएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायकाअनुसार शुक्रबार मृत्यु भएका बाराका एक ५ वर्षीय बालक र वीरगन्जमा मृत भेटिएका अर्का एक जनाको स्वाब अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षण गर्दा कोभिड—१९ पोजेटिभ देखिएको हो ।

बाराका ५ वर्षीय बालक निमोनियाले ग्रसित भएपछि वीरगन्जको हेल्थ केयर अस्पतालमा उपचाररत थिए । निमोनियाले ग्रसित बालकको आरडिटी गर्दा पोजेटिभ आएपछि शुक्रबार उनको पिसिआर परीक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा ल्याइएको थियो ।

निमोनियाले ग्रसित बालकको शुक्रबार नै मृत्यु भएको थियो । उनको पिसिआर रिपोर्ट शनिबार आएको हो, जसमा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

यस्तै, वीरगन्जमा शुक्रबारै बेवारिसेमा अवस्थामा मृत भेटिएका एक व्यक्तिको पीसीआर परीक्षण गर्दा शनिबार कोभिड—१९ पोजेटिभ देखिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ