२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकै दिन थप २७३ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति ?

एकै दिन थप २७३ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति ?


काठमाडौं नेपालमा एकैदिन थप २७३ जनामा कोभिड –१९ पोजेटिभ देखिएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २७३ जना नयाँ संक्रमित थपिएको जानकारी दिएका हुन् ।

डा. गौतमकाअनुसार २४३ जना पुरुष र ३६ जना महिला रहेका छन् । प्रादेशिक प्रयोगशाला विराटनगरमा ४ जना, प्रादेशिक प्रयोगशाला जनकपुरमा रौतहटका ४४ जना, कोशी अस्पताल प्रयोगशाला विराटनगरमा मोरङका ४ जना, झापा १ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, नारायणी अस्पताल प्रयोगशालामा पर्साका ६ जना, बारा १ जना, प्रादेशिक प्रयोगशाला पोखरामा पर्वतका ४ जना, नवलपरासी पश्चिमका जना कोरोना देखिएको छ । यस्तै, सुर्खेतस्थित प्रयोगशालामा दैलेखका ३० जना, सुर्खेतका ४० जनामा कोभिड १९ पोजेटिभ देखिएको छ ।

यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कपिलवस्तुका ५ जना, दाङका ७ जनामा कोभिड १९ पोजेटिभ देखिएको छ । भेरी अस्पताल प्रयोगशाला बाँकेमा गरिएको परीक्षणमा बाँकेका १८ जना, रोल्पाका १७ जना, बर्दियाका ६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा महोत्तरीका १ जना र सर्लाहीका २ जना, प्रादेशिक प्रयोगशाला भैरहवा गुल्मीमा २ जना, कपिलवस्तुमा २० जना, रुपन्देहीमा ५ जनामा कोभिड १९ पोजेटिभ देखिएको छ ।

यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४८ जना, सर्लाहीका ११ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यससँगै नेपालमा संक्रमितको संख्या ५ हजार ३ सय ३५ जना पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ