२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १९३ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति थपिए ?

थप १९३ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति थपिए ?


काठमाडौं—थप १ सय ३७ जनामा कोभिड—१९ पुष्टि भएको छ । आइतबार आएको कोरोना रिपोर्ट अनुसार भेरी अस्पतालको प्रयोशालामा गरिएको परीक्षणमा ७ जनाको कोरोना पोजेटिभ आएको छ। जसमध्ये बाँकेका ३ जना, बर्दियाका ३ जना या रुकुममा ३ जना रहेका छन्। त्यस्तै, भैरवाको प्रयोगशालामा गरिएको परीक्षणमा २६ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये पाल्पाका १७ जना, नवलपरासीका २ जना, रुपन्देहीका ३ जना, गुल्मीका ४ जना रहेका छन्।

सुर्खेतको प्रयोगशालामा भएको परीक्षणमा ४९ जनामा कोरोना संक्रमण देखिएको छ। जसअनुसार दैलेखमा ३६ जना, सुर्खेतमा १५ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै गरी जुम्लाको प्रयोगशालामा जुम्लकै २ जनाको रिपोर्ट पोजेटिभ आएको छ। यस्तै, राप्तिको प्रयोगशालामा गरिएको परीक्षणमा ५६ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये दाङका ४७ जना, प्युठानका ९ जना रहेका छन्।

प्रदेश प्रयोगशालामा २७ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको छ। रिपोर्ट अनुसार मोरङमा २६ र सुनसरीमा १ जनामा कोरोना देखिएको छ। त्यस्तै, वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा २६ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये पर्साका थप १७ जनामा कोरोना पुष्टि भएको हो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ