२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ३३८ जनामा देखियो कोभिड—१९ पोजेटिभ, कहाँ कति थपिए ?

थप ३३८ जनामा देखियो कोभिड—१९ पोजेटिभ, कहाँ कति थपिए ?


काठमाडौं—नेपालमा थप ३३८ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३८ जनामा कोभिड—१९ पोजेटिभ देखिएको हो ।

प्रदेश २ मा रौतहट, बारा, पर्सा, सर्लाही, सिरहा र महोत्तरीमा पछिल्लो २४ घण्टामा १४७ जनामा कोभिड—१८ पोजेटिभ देखिएको छ । जसमध्ये रौतहटका ९८ जना, बाराका २ जना, पर्सा १० जना, सर्लाही २३ जना, सिरहा ४ जना र महोत्तरी १० जना रहेका छन् ।

प्रदेश २ मा देखिएका उक्त १४७ जना संक्रमितहरु प्रदेश ३ प्रयोगशाला हेटौडा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र नारायणी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा कोभिड—१९ देखिएकाहरु हुन् ।

चितवनस्थित प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । जसमध्ये चितवनका १ जना, नवलपुरका १ जना, नुवाकोटका २ जना, अर्घाखाँचीका ३ जना रहेका छन् ।

भैरहवास्थित प्रादेशिक प्रयोगशालामा ११ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । जसमध्ये ५ रुपन्देही, २ जना गुल्मीका रहेका छन् । चार जनाको भने पूर्ण विवरण आइनसकेको प्रयोगशाला स्रोतले जनाएको छ ।

कर्णाली प्रदेशमा १११ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । जसमध्ये दैलेखमा ९२ जनामा र सुर्खेतमा १९ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । प्रदेश प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १०८ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ३ जनाको पोजेटिभ आएको हो ।

यस्तै भेरी अस्पताल प्रयोगशालामा नेपालगन्जमा २४ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । जसमध्ये बर्दियाका ५ जना, बाँकेका १६ जना र प्यूठानका ३ जनामा कोभिड—१९ पोजेटिभ देखिएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा दाङका ३६ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ ।

प्रदेश नंं. १ को प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा १ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । पोखरास्थित प्रयोगशालामा गरिएको परीक्षणमा १ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । उनी नवलपरासी पूर्वका रहेका छन् ।

केही प्रयोगशालाको विवरण अझै प्राप्त नभएकाले कोभिड-१९ संक्रमित संख्या बढ्न सक्ने देखिन्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ