२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ६७ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या १ हजार नाघ्यो

थप ६७ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या १ हजार नाघ्यो


काठमाडौं—पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड—१९) ६७ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार डिस्चार्ज हुनेमा ७ जना महिला र ६० जना पुरुष रहेका छन् ।

कोभिड—१९ अस्पताल जनकपुर २४ जना, पाटन अस्पताल ललितपुरबाट ४ जना, कोभिड—१९ युनिफाइड अस्पताल बलम्बुबाट २ जना, त्रिवि शिक्षण अस्पतालबाट २ जना डिस्चार्ज भएका छन् ।

यस्तै, कलैया अस्पतालबाट ६ जना पुरुष डिस्चार्ज भएका छन् । यस्तै, सप्तरीबाट १७ जना पुरुष, कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १२ जना डिस्चार्ज भएका छन् ।

सोमबार ६७ जना डिस्चार्ज भएसँगै नेपालमा निको भएर घर फर्किने कोरोना संक्रमितको संख्या १ हजार ४१ जना पुगेको छ । जसमध्ये पुरुष ९३७ जना पुरुष र १०४ जना महिला रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ