गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यकर्मीलाई समन्वय गर्न मन्त्रालयद्वारा समिति गठन, २४ सै घण्टा सम्पर्क गर्न सकिने स्वास्थ्यकर्मीलाई समन्वय गर्न मन्त्रालयद्वारा समिति गठन, २४ सै घण्टा सम्पर्क गर्न सकिने हेल्थ आवाज सोमबार, २०७७ असार १ गते, १७:२० मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमितको उपचारको समयमा स्वास्थ्यकर्मीलाई कुनै समस्या आए त्यसको सहजीकरणको लागि समिति बनाएको छ । वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. माधवप्रसाद लामिछानेको नेतृत्वमा तीन सदस्य चिकित्सकीय समन्वय समिति बनाइएको हो । सो समितिका सदस्यहरुमा डा. नवराज जोशी र सुनेना यादव रहेका छन् । सो समितिले एक अस्पतालबाट अर्को अस्पतालमा उपचारका लागि लैजानुपर्ने कोभिड—१९ संक्रमितलाई लैजादा आइपर्ने समस्यालाई समाधान गर्ने, संक्रमितको मृत्युपछि आइपर्ने समस्या र कोभिड—१९ सम्बन्धी कुनै नीति निर्देशिकामा स्वास्थ्यकर्मी अस्पष्ट भएमा त्यसलाई स्पष्ट बनाउने गरी जिम्मेवारी दिएको छ । मन्त्रालयले नियमित गर्ने प्रेस ब्रिफिङका क्रममा सो कुरा जानकारी दिइएको हो । कामको सिलसिलामा कुनै समस्या भएमा २४ सै घण्टा सम्पर्क गर्न सक्ने गरी समन्वय समिति बनाइएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । कामको शिलशिलामा कुनै किसिमको समस्या आएमा मन्त्रालयको हटलाइन ११३३ वा सिधा ९८५१२५५८३९ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका… भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार Kalpana Craft ट्रेण्डिङ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार दुर्गममा जनस्वास्थ्य समस्या : पहुँच कि चेतना ? भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार दुर्गममा जनस्वास्थ्य समस्या : पहुँच कि चेतना ? भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन्