२०८३ मंसिर १, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ सुदूरपश्चिममा १७ जनामा कोरोना संक्रमण पुष्टि, यो सँगै संक्रमितको संख्या ३४४ पुग्यो

सुदूरपश्चिममा १७ जनामा कोरोना संक्रमण पुष्टि, यो सँगै संक्रमितको संख्या ३४४ पुग्यो


धनगढी-सुदूरपश्चिम प्रदेशमा थप १७ जना मा कोभिड–१९ पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा तीन जना महिला र १४ जना पुरुषमा संक्रमण पुष्टि भएको हो।

कैलालीका १० र कञ्चनपुरका ७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। कैलालीको धनगढी उप–महानगरपालिकाका ८ जना, लम्की चुहाका दुई जनामा कोरोना पुष्टि भएको हो।

यो सँगै सुदुरपश्चिम प्रदेशमा संक्रमितको संख्या ३४४ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ