२०८१ असार ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैदिन थप ३८० जना कोरोना संक्रमित थपिए, कहाँ कति थपिए ?

एकैदिन थप ३८० जना कोरोना संक्रमित थपिए, कहाँ कति थपिए ?


काठमाडौं—नेपालमा थप ३८० जना कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोभिड—१९ पुष्टि भएको हो ।

यससँगै नेपालमा संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ । जसमध्ये महिला ४ सय ९९  र पुरूष ६ हजार ९२  रहेका छन् । अहिलेसम्म ७३ जिल्लामा संक्रमित भेटिएका छन् ।

कहाँ कति संक्रमित थपिए ?

प्रदेश नं. १ को प्रादेशिक प्रयोगशालामा— झापाका १ जना, पाँचथरका १ जना

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान—सुनसरीका २ जना, सिरहाका २ जना

जनकपुर प्रयोगशालामा— रौतहट ३८ जना, महोत्तरीका १७ जना

नारायणी अस्पताल प्रयोगशालामा—पर्साका २ जना

प्रादेशिक प्रयोगशाला पोखरामा— गोरखा १० जना, नवलपरासी पूर्व २ जना, बाग्लुडका १ जना, तनहुँका २ जना, कास्कीका ३ जना, स्याङजाका ४ जना

सेती अस्पताल प्रयोगशालामा— अछामका १ जना, बैतडीका २१ जना, डोटीका २० जना, कन्चनपुर ११ जना, कैलाली २३ जना

भेरी अस्पताल प्रयोगशालामा—बाँके १, बर्दिया ९ जना

गजेन्द्रनारायण प्रयोगशाला राजविराज—सप्तरीका ३ जना

भरतपुर अस्पताल प्रयोगशाला— नवलपरासी पूर्व १ जना

भैरहवास्थित प्रादेशिक प्रयोगशाला— अर्खाखाँची ३ जना, रुपन्देही १ जना

प्रादेशिक प्रयोगशाला सुर्खेत—दैलेख ५ जना, सुर्खेत ४ जना

धुलिखेल अस्पताल प्रयोगशाला—धनुषाका २१ जना, रामेछाप १ जना

राप्ती स्वास्थ्य विज्ञान प्रयोगशाला दाङ— सल्यानका १ जना, दाङका ५६ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु—अर्खाखाँचीका ६ जना, काठमाडौं १ जना, महोत्तरी ७२ जना, मोरङ १ जना, रौतहटका १४ जना, रोल्पाका १ जना, रुपन्देहीका ३ जना, सर्लाहीका १६ जना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ