२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआईओएमको डिनका लागि वैध, सिंह र श्रेष्ठको नाम सिफारिस

आईओएमको डिनका लागि वैध, सिंह र श्रेष्ठको नाम सिफारिस


काठमाडौं—त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान (आईओएम) को डिन नियुक्तिका लागि बनेको सिफारिस समितिले ३ जनाको नाम सिफारिस गरेको छ । समितिले डिनका लागि प्रा. डा. प्रदीप वैध, प्रा.डा. दिव्या सिंह शाह र प्रा.डा. उत्तमकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको हो ।

गत २१ जेठमा आईओएमका तत्कालीन डिन प्रा. डा. जगदिशप्रसाद अग्रवाल उमेर हदका कारण सेवा निवृत्त भएपछि डिनको पद रिक्त छ । उनको समयावधि सकेको लगत्तै त्रिवि उपकुलपति प्रा. डा. धर्मकान्त बाँस्कोटाले आईओएमका प्रा.डा. प्रेम ज्ञवालीको संयोजकत्वमा ३ सदस्य डिन सिफारिस समिति गठन गरेका थिए ।

उक्त सिफारिस समितिले आईओएमका प्रा.डा. वैद्य, प्रा.डा. शाह र प्रा.डा. श्रेष्ठको नाम डिनका लागि सिफारिस गरेको हो । डिनका लागि सिफारिसमा परेका तीनै जना आईओएममा कार्यरत छन् ।

सिफारिसमा परेका प्रा.डा. वैद्य त्रिवि सहकुलपति समेत रहेका शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेल निकट मानिन्छन् । प्रा.डा. शाह प्रधानमन्त्रीकी निजी चिकित्सक हुन् भने प्रा.डा. श्रेष्ठ मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक हुन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ