२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्नातकोत्तर तह पढ्नेलाई अवसर मिल्ने गरी सिटको अनुपात मिलाउन चिकित्सक संघको माग

स्नातकोत्तर तह पढ्नेलाई अवसर मिल्ने गरी सिटको अनुपात मिलाउन चिकित्सक संघको माग


काठमाडौँ – स्नातकोत्तर तह पढ्ने चिकित्सकको संख्या न्यून रहेको भन्दै नेपाल चिकित्सक संघले वैज्ञानिक र न्यायोचित हुने गरी सिट मिलाउन सरकारसँग माग गरेको छ। बुधबार विज्ञप्ति जारी गरी हालसम्म नेपालमा स्नाकोतरको अध्धयनको सिट न्यून रहेको र एमबिबिएस/विडीएस अध्धयनका लागि चिकित्सकले समान अवसर नपाएको ध्यानाकर्षण गराउदै सिटको अनुपात बढाउन माग गरेको हो।

नेपालमै अबसर नपाएको कारण विशेषज्ञ चिकित्सकको संख्या कम रहेको संघले बताएको छ। संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले चिकित्सा शिक्षाको स्नातकोत्तर तह अध्धयनको लागि सिटको अनुपात मिलाउन लागेको अवसरमा नेपालको बस्तुस्थिति, शैक्षिक गुणस्तर, सिट संख्या, पूर्वाधार, अस्पतालको व्यवस्था, शिक्षण संस्थाको प्रकृति, लागि आदिलाई मुल्यांकन गरी चिकित्सा शिक्षामा स्नातकोतर तह पढ्न इच्छुक स्वास्थ्य सेवा एन, गैरसरकारी, प्रतिष्ठान, नेपाल प्रहरी, सरकारमा करारमा कार्यरत चिकित्सक आदिलाई विज्ञानिक तवरले न्यायोचित हुने गरी सिटको अनुपात मिलाउन संघ जोडदार माग गर्दछ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ