२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘सेभ द चिल्ड्रेन’को सहयोगमा प्रसुती गृहमा स्वास्थ्य सामग्री प्रदान

‘सेभ द चिल्ड्रेन’को सहयोगमा प्रसुती गृहमा स्वास्थ्य सामग्री प्रदान


जनकपुर – ‘सेभ द चिल्ड्रेन’को सहयोगमा सप्तरीको सुरुङ्गा नगरपालिका र खडक नगरपालिकाको विभिन्न वडाहरुमा रहेका ५ प्रसुती गृहमा १२ लाख मुल्य बरावरको स्वास्थ्य सामग्री उपकरणहरु प्रदान गरेको छ । स्वास्थ्य सामग्री उपकरणहरु सम्बन्धित नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतमार्फत स्वास्थ्य शाखा प्रमुखहरुलाई हस्तान्तरण गरिएको हो ।

दुवै नगरपालिकामा मातृत्व तथा नवजात शिशु कार्यक्रम अन्तर्गत प्रसुती गृहमा स्वास्थ्यकर्मीहरुलाई प्रसुती गराउने कार्यमा सहयोग हुने उद्देश्यका लागि सामाग्रि प्रदान गरिएको सबल छ । सप्तरीकाे खडक नगरपालिकामा रहेका प्राथमिक स्वास्थ्य केन्द्र (प्रसुतीगृह) कल्याणपुर, खोजपुर र बनरझुला र सुरुङ्गा नगरपालिका अन्र्तगतका प्राथमिक स्वास्थ्य केन्द्र (प्रसुतीगृह) कडरबोना र पिप्रापश्चिममा वेवीवार्मर, पि.पि.ई सेट, सेनिट्राईज ग्लोव, माक्स, गमवुट, के.एम.सी. र्यापर, रुम थर्मोमिटर, ग्यास सेट रुमहिटर, वेवी वेटिङ्ग मेसिन, आईभी स्टेन्ड, मेडिसिन ट्रली, वेवी व्याग, लगायतका प्रदान गरेको छ ।

करिब १२ लाख मुल्यबरावरको स्वास्थ्य उपकरणहरु नगर प्रमुख मुक्तिनाथ चौधरी, प्रमुख प्रशासकिय अधिकृत सहितका जिम्मेवार प्रतिनिधीहरुलाई हस्तारण गरेको सुरूंगा नगरपालिकाका भण्डार प्रमुख नायवसुब्बा टेक बहादुर खडकाले बताए । यस्तै खडक नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत महिनारायण चौधरीले सामाग्री ग्रहण गर्दै विश्वव्यापी माहामारीको रुपमा फैलिएको कारोना भाईरस रोग नियन्त्रण तथा व्यवस्थापन गर्नका लागी सबल नेपाल सप्तरी र ‘सेभ द चिल्ड्रेन’ले नियमित रुपमा बारम्वर लाखौ मुल्य बरावरको सामाग्रीहरु सर्पोट गरेको भन्दै अन्य क्षेत्रमा पनी सहयोग गरिरहेको प्रति सहयोगी संस्थाहरु प्रति अभार प्रकट गरे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ