२०८१ भदौ २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैदिन देशभर ५२९ कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ?

एकैदिन देशभर ५२९ कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ?


काठमाडौं—नेपालमा थप ५२९ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५२९ जनामा कोभिड—१९ पोजेटिभ देखिएको हो ।

कोरोना संक्रमण ५ सय बढीमा पोजेटिभ देखिएको बिहीबार दोस्रो पटक हो । यसअघि बुधबार एकैदिन ५८७ जनामा कोभिड—१९ पोजेटिभ पुष्टि भएको थियो ।

यो समाचार तयार पार्दासम्म भैरहवास्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा ११८ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । जसमध्ये अर्घाखाँचीका ९७ जना, गुल्मीका ३ जना, पाल्पाका ५ जना, रोल्पाका २ जना, रुपन्देही ९ जना, नवलपरासी पश्चिम १ र कपिलवस्तु १ जना रहेका छन् ।

नेपालगन्जस्थित प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनाको कोभिड—१९ पोजेटिभ देखिएको हो । जसमा बाँके र बर्दियाका ३/३ जना रहेका छन् दैलेख र कैलालीका १/१ जना रहेका छन् ।

कर्णाली प्रदेशको सुर्खेतस्थित प्रयोगशालामा गरिएको परीक्षणमा १२३ जनामा कोभिड—१९ पुष्टि भएको छ । जसमा ८६ जना दैलेख र ३७ जना सुर्खेतका रहेका छन् ।

प्रदेश २ का ४ जिल्लामा थप ६६ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । जसमा रौतहटका २४ जना, धनुषा २९ जना र सर्लाही २ जना र महोत्तरीका १ जनामा कोभिड—१९ पोजेटिभ देखिएको हो ।

सुदूरपश्चिम प्रदेशमा १३७ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । जसमध्ये डडेल्धुराका ८३ जना, अछामका २९ जना र बैतडीका २५ जना रहेका छन् । उनीहरुको सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पोजेटिभ देखिएको हो ।

पोखरास्थित प्रयोगशालामा गरिएको परीक्षणमा ७२ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । जसमा नवलपरासी पूर्वका ३१ जना, गोरखामा ११ जना, स्याङजाका ९ जना, पर्वतका ४ जना, तनहुँका १५ जना र बाग्लुङ र मनाङमा १/१ जना रहेका छन् ।

चितवनस्थित प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा कोभिड—१९ पोजेटिभ देखिएको हो । जसमा चितवन र नवलपुरका १/१ जना रहेका छन् ।

प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ३ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । जसमा झापाका २ जना र मोरङका १ जना रहेका छन् । केही प्रयोगशालामा गरिएको परीक्षणको पूर्व विवरण प्राप्त नभएकाले अझ यो संख्या केही बढ्न सक्ने देखिन्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ