२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यका ६ सहित नेपालमा एकैदिन ६७१ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यका ६ सहित नेपालमा एकैदिन ६७१ जनामा कोरोना पुष्टि


काठमाडौं—काठमाडौं उपत्यका ६ जनासहित थप ६७१ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बिहीबार थप ६७१ जना कोरोना संक्रमित थपिएका हुन् ।

जसमध्ये ८० जना महिला र ५९१ जना पुरुष रहेका छन् ।  काठमाडौंमा २ जना र भक्तपुरमा ३ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै ललितपुरमा पनि १ जनामा कोरोना संक्रमण देखिएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार ८ सय ४८ जना पुगेको छ । जसमध्ये महिला ६१९ जना र पुरूष ७२२९ जना रहेका छन् ।

कहाँ कति संक्रमित ?

प्रदेश १ को प्रादेशिक प्रयोगशाला विराटनगर—झापा २ जना, मोरङका १ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा— अछामका ४२ जना, बैतडीका २५ जना, बाजुराका ४१ जना, भक्तपुर ३ जना, डडेल्धुराका ८४ जना, कैलालीका २१ जना, कपिलवस्तुका १६ जना, काठमाडौंका २ जना, नुवाकोटका २ जना, रौतहटका ३४ जना, रुपदेहीका ३ जना, सर्लाहीका २ जना, सिन्धुपाल्चोक १ जना, ललितपुर १ जना, नवलपरासीका १ जना र महोत्तरीका १ जना

शुक्रराज अस्पताल प्रयोगशाला—सिन्धुलीका १ जना

भरतपुर अस्पताल प्रयोगशाला—पर्वत ५ जना, चितवनका १ जना, नवलपरासी पूर्वका १ जना,

धुलिखेल अस्पताल प्रयोगशाला— धनुषा २९ जना, बाग्लुङ १ जना, मनाङ १ जना, नवलपरासी पूर्व ३० जना, स्याङजाका ९  जना, पर्वतका ४ जना, तनहुँका १५ जना, गोरखाका ११ जना

प्रादेशिक प्रयोगशाला रुपन्देही— अर्घाखाँचीका ९७ जना, गुल्मीका ३ गुल्मी, कपिलवस्तु १ जना, पाल्पा ६ जना, रुपन्देही ९ जना, रोल्पा १ जना र नवलपरासी १ जना

भेरी अस्पताल प्रयोगशाला नेपालगन्ज—बाँकेका ३ जना, बर्दियाका ३ जना, दैलेखका १ जना र कैलालीका १ जना

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला— दाङका ४ जना

सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशाला—दैलेखका ८६ जना, सुर्खेतका ३४ जना

सेती अस्पताल प्रयोगशाला— अछामका २ जना, बझाङ २ जना, कन्चपुरका २ जना, कैलाली २० जना, डोटी ५ जना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ