२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचाररक्तदाता दिवसमा कविता प्रतियोगिता

रक्तदाता दिवसमा कविता प्रतियोगिता


काठमाडौं—विश्व रक्तदाता दिवसको अवसरमा ब्लड अन रिक्वयस्ट नेपाल, दुर्लभ रक्त समुदाय, कोहलपुर जेसिसद्वारा आयोजना गरिएको रक्तदान जीवनदान नामक कविता प्रतियोगिता सम्पन्न भएको छ ।

३२ जेठमा देशभरिबाट २० जनाको सहभागिता रहेको उक्त प्रतियोगितामा सम्पूर्ण कविताहरु जुम एप्लीकेसनमार्फत भर्चुअल रुपमा गरिएको थियो ।

कविताको निर्णायकतर्फ मध्यपश्चिम विश्वविधालयको सह—प्राध्यापक र पूर्णिमा साहित्यिक प्रतिष्ठानका सचिव पुष्कर रिजाल, पूर्णिमा साहित्यिक प्रतिष्ठान आख्यान विभागको सचिव सुमित्रा न्यौपाने र साहित्य कलाका अब्बल अग्रज धनकुटे कान्छा रहेका छन् ।

भर्चुअल माध्यमबाट भएको उक्त कार्यक्रममा सहभागीले आ—आफ्नो कविता वाचन गरेका थिए ।

प्रतियोगितामा प्रथम पर्वतका तारानाथ पराजुली, दोस्रो कोहलपुरकी कृतिका आचार्य, तेस्रो चितवन भरतपुरकी भगवती सापकोटा भए भने सान्त्वना पुरस्कार नेपालगन्जकै विवेक राना भए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ