२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारलकडाउनका बेला कतिले लिए ओपीडी सेवा ?

लकडाउनका बेला कतिले लिए ओपीडी सेवा ?


काठमाडौं—विश्वव्यापी रुपमा देखिएको कोभिड—१९ महामारीका कारण मुलुकमा ओपिडी सेवा लिने सेवाग्राहीको संख्यामा उल्लेख्य कमी आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अघिल्लो वर्षको अनुपातमा यो वर्षको पहिलो महिनामा ओपिडी सेवा लिनेहरुको संख्या आधाभन्दा बढीले घटेको सरकारी तथ्यांकले देखाएको छ ।

अघिल्लो वर्षको बैशाखमा १८ लाख ५५ हजार ८ सय ५६ जनाले अस्पतालमा पुगी ओपिडी सेवा लिएका थिए । तर, यस वर्षको सोही महिनाको तथ्यांकअनुसार उक्त सेवा लिनेको संख्या ८ लाख ९५ हजार ११७ जना रहेको देखिन्छ ।

स्वास्थ्य अधिकारीहरुका अनुसार मुलुकमा जारी लकडाउन र कोरोनाको त्रासले गर्दा ओपिडी सेवा लिनेको संख्यामा कमी आएको हो । ०७५ चैतमा १८ लाख २९ हजार ६ जनाले ओपिडी सेवा लिएका थिए । तर, ०७६ चैतको दोस्रो हप्तादेखि सुरु भएको लकडाउनले अघिल्लो वर्षको तुलनामा चैत महिनामा करिब ५ लाख सेवाबाट बन्चित भएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार १३ लाख ५४ हजारले मात्रै ओपिडी सेवा लिएको देखिएको छ ।

त्यस्तै, ०७५ फागुनमा मुलुकभर ओपिडी सेवा लिनेको संख्या १८ लाख ७५ हजार २२१ रहेको थियो । ०७६ फागुनमा पनि सोही अनुपातमा ओपिडी सेवा लिएका देखिएको छ । उक्त महिनमा पनि १८ लाख ३३ हजार ८७९ जनाले ओपिडी सेवा लिएका थिए । चैत र बैशाख महिनामा अघिल्लो वर्षको तुलनामा ओपिडी सेवा लिनेको संख्या ह्वात्तै घट्नुको मुख्य कारण लकडाउन हो भन्ने स्पष्ट हुन्छ ।

कुन प्रदेशमा कतिले लिए ओपिडी सेवा

प्रदेश १ मा अघिल्लो वर्ष बैशाखमा ३ लाख ७ हजार ८३ जनाले ओपिडी सेवा लिएका थिए । ०७७ बैशाखमा सो संख्या घटेर १ लाख १४ हजार ९ सय ९२ जना पुगेको छ । प्रदेश २ मा २ लाख ५९ हजार बाट घटेर १ लाख ४१ हजार १९ पुगेको छ । त्यस्तै बागमती प्रदेशमा ०७६ बैशाखमा ४ लाख २३ हजार ६ सय ७१ रहेकोमा ०७७ मा घटेर १ लाख ७० हजार ३ सय ४ पुगेको छ ।

गण्डकी प्रदेशमा ०७६ मा २ लाख ३० हजार ६ सय २२ ले सेवा लिएका थिए । तर, ०७७ बैशाखमा १ लाख २० हजार ४ सय १६ पुगेको छ । प्रदेश ५ मा ०७६ को बैशाखमा ३ लाख ४५ हजार ९५ ले ओपिडी सेवा लिएका थिए । ०७७ को सोही महिनामा ओपिडी सेवा लिनेको संख्या १ लाख ३३ हजार १ सय २८ पुगेको छ ।

कर्णाली प्रदेशमा ०७६ बैशाखमा १ लाख ४८ हजार ४ सय ३३ जनाले ओपिडी सेवा लिएका थिए । तर, ०७७ को सोही महिनामा ९१ हजार ०३१ पुगेको छ । सुदूरपश्चिम प्रदेशमा ०७६ बैशाखमा १ लाख ८२ हजार ४ सय १६ जनाले ओपिडी सेवा लिएका थिए । ०७७ मा भने १ लाख २३ हजार २ सय ६५ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ