२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौंका ३ सहित नेपालमा एकैदिन थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंका ३ सहित नेपालमा एकैदिन थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं-नेपालमा एकैदिन थप ४२६ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार शुक्रबार थप ४२६ जनामा कोभिड-१९ पोजेटिभ देखिएको हो ।

जसमध्ये ८८ महिला र ३३८ जना पुरुष रहेका छन् । यस्तै काठमाडौंमा पनि थप ३ जनामा कोभिड-१९ पोजेटिभ देखिएको छ ।

यससँगै नेपालमा कोभिड-१९ पोजेटिभको संख्या ८ हजार २ सय ७४ पुगेको छ ।  पछिल्लो २४ घण्टामा डिस्चार्ज हुने संख्या २१६ जना रहेको छ ।

कहाँ कति

प्रदेश नंं. १ प्रयोगशाला विराटनगर— झापा १ जना, मोरङ ३ जना

प्रादेशिक प्रयोगशाला जनकपुर—सर्लाही ११ जना, सप्तरी ४ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु— अछाम ७ जना, बाग्लुङका १८ जना, बैतडीका ६३ जना, बझाङका ३, बाजुराका ८ जना, डडेल्धुराका ९ जना, धादिङका १ जना, डोटीका १५ जना, गोरखाका ११ जना, कैलालीका ४६ जना, कास्कीका २ जना, काठमाडौंका ३ जना, मकवानपुर २ जना, मोरङका १ जना, म्याग्दीका १ जना, नवलपरासी पूर्वका २ जना, सिन्धुपाल्चोकका २१ जना, तनहुँ १९ जना, पर्वतका ५ जना, उदयपुर २ जना, सिन्धुलीका १ जना, चितवनका १ जना,

हेटौडा प्रयोगशाला—मकवानपुर ६ जना,

त्रिवि शिक्षण अस्पताल प्रयोगशाला—बैतडीका ५ जना

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला—स्याङजाका १ जना

प्रादेशिक प्रयोगशाला गण्डकी—कास्की ६ जना, नवलपरासीपूर्व २ जना, स्याङजाका १ जना, बाग्लुङका ८ जना

प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरा—बाग्लुङका ६ जना, स्याङजाका १ जना,

प्रादेशिक प्रयोगशाला रुपन्देही—अर्घाखाँचीका ६ जना, गुल्मीका ९४ जना, कपिलवस्तुका ४ जना, नवलपरासी पश्चिमका १ जना, रुपन्देहीका २ जना

सेती अस्पताल प्रयोगशाला—अछामका १ जना, कैलालीका ३ जना, कन्चनपुरका २० जना,


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ