२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटनयाँ स्यानिटरी ‘स्कुल गर्ल’ बजारमा

नयाँ स्यानिटरी ‘स्कुल गर्ल’ बजारमा


काठमाडौं–विद्यालयमा अध्ययन गर्ने किशोरीहरुलाई लक्षित गरी नयाँ स्यानिटरी प्याड ‘स्कुल गर्ल’ बजारमा आएको छ ।

नेपाल सरकारले बालिकाहरुको पढाइमा रजस्वला भएकै कारण व्यवधान उत्पन्न नहोस् भन्ने उद्देश्यका साथ नेपालभरका विद्यालयहरुमा सित्तैमा स्यानिटरी प्याड वितरण गर्ने घोषणा गरिसकेको अवस्थामा नयाँ प्याड बजारमा आएको हो ।

जस्मिन हाइजिन प्रोडक्सले निकालेको सो प्याड सरकारद्वारा जारी गरिएका आवश्यक मापदण्ड अनुकूल हुने गरी तयार गरिएको बजार व्यवस्थापक स्वर्णिमा राजभण्डारीले जानकारी दिइन् । नेपाल सरकारले सुरु गरेको निःशुल्क प्याड वितरणमा कम्पनीको तर्फबाट पनि सहयोग हुने उनको भनाइ छ ।

‘हामी यो नयाँ उत्पादन ‘स्कुल गर्ल’लाई सरकारको मापदण्ड अनुकूल हुने गरी प्रस्तुत गर्न सक्षम भएकोमा हर्षित एवं गौरवान्वित पनि भएका छौं,’ राजभण्डारी भनिन्, ‘स्यानिटरी प्याडहरु निःशुल्क वितरण गर्ने भनी सरकारले अपनाएको उल्लेखनीय पहलमा हाम्रो पनि सहयोग रहने अपेक्षा गरेका छौं ।’ यो प्याडको सहायताबाट मासिकस्राव भएको बेलामा विद्यालय जानबाट बञ्चित रहने किशोरीहरु निरन्तर विद्यालय जान सक्ने उनाको भनाइ छ ।

स्यानिटरी प्याड ‘स्कुल गर्ल’को लम्बाइ २४० मिमि, मोटाइ १३ मिमि र चौडाइ ६५ मिमि हुनुका साथै पर्याप्त सोस्ने क्षमता भएको छ । प्याड प्रयोग गरेपछि नष्ट गर्न मिल्ने भएको हुँदा प्रयोग गर्न सहज हुने राजभण्डारीले बताइन् ।


क्याटेगोरी : कर्पोरेट, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ