२०८१ साउन १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारन्याम्स फ्याकल्टी डाक्टर एसोसिएसनको अध्यक्षमा डा. भुपेन्द्र, भागवण्डा मिलाउन दुई महासचिव

न्याम्स फ्याकल्टी डाक्टर एसोसिएसनको अध्यक्षमा डा. भुपेन्द्र, भागवण्डा मिलाउन दुई महासचिव


काठमाडौं–राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको विभागीय चिकित्सक संघ (फिडिएन)को अध्यक्षमा डा. भुपेन्द्र बस्नेत सर्वसम्मत अध्यक्ष चयन भएका छन् ।

आइतबार भएको भेलाले उपाध्यक्षमा डा. दिपक थापामगर र डा. सुधांसु केसी, प्रथम महासचिवमा डा. डा ऋषिकान्त अर्याल र द्धितीय महासचिवमा डा. दिपक दत्त, कोषाध्यक्षमा डा. सुरेन्द्र श्रेष्ठ, सह–कोषाध्यक्षमा डा. समाज गौतमलाई सर्वसम्मत चयन गरेको छ ।

त्यसैगरी सदस्यहरुमा डा. राकेश रञ्जित श्रेष्ठ, डा. दिपक मल्ल, डा. अनिष जोशी, डा. सुरेश नेपाल, डा. कीर्तिपाल सुवेदी र डा. किशोर देव रहेका छन् ।

संघको विधानमा एक उपाध्यक्ष, एक महासचिव र एक सह–सचिवको परिकल्पना गरेतापनि भागबण्डा मिलाउन दुई उपाध्यक्ष, दुई महासचिव राखिएको छ । पछि विधान संशोधन गर्ने गरी पदाधिकारी थपघट गरिएको नवनिर्वाचित महासचिव डा. अर्यालले जानकारी दिए ।

न्याम्स र वीर अस्पताल गरी दुवैतर्फका चिकित्सकलाई समेट्नुपर्ने भएपछि ती दुवै पदमा दुई जना राखिएको हो । दुवै पद नहुँदा अध्यक्षको पदमा निर्वाचन हुने अवस्था आएपछि महासचिवमा दुई पद बनाइ सर्वसम्मत गरिएको एक चिकित्सकले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ