२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशचितवनमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि


चितवन-चितवनमा सोमबार बिहान थप २१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । तीमध्ये पाँच जना चितवन जिल्लाका रहेका छन् भने अन्य जिल्ला बाहिरका रहेका छन् ।

नमुना परीक्षण गरिएकामध्ये चितवनको माडी नगरपालिका- २, ६, ५ र ८ का ४७, ३४, २८ र ३२ वर्षका पुरुष र भरतपुर महानगरपालिका-२८ का २९ वर्षीया एक पुरुषमा कोरोना भाइरस को संक्रमण पुष्टि भएको हो ।

यस्तै, चितवनमा गरिएको परीक्षणमा नवलपुर जिल्लाको बुलिङटार नगरपालिका- ३, ४, ५ र ६ बस्ने ४५, १८, ४०, २०, २६, ३२, २९, २०, २१, २०, २१,२१,२४ र २४ वर्षका पुरुष तथा गैँडाकोट नगरपालिका- १७ का ३५ र २८ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार आइतबार भरतपुरको प्रयोगशालामा भरतपुर अस्पतालबाट ३३, नवलपुर जिल्लाबाट ७३, चितवन मेडिकल कलेजबाट १३, पुरानो मेडिकल कलेजबाट २०, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट २३, भरतपुर महानगरपालिकाबाट ४२, नारायणी सामुदायिक अस्पतालबाट ३, माडी नगरपालिकाबाट १३, भरतपुर सेन्ट्रल अस्पतालबाट ४, इच्छाकामना गाउँपालिकाबाट १, राप्ती नगरपालिकाबाट १९ र खैरहनी नगरपालिकाबाट ५ गरी जम्मा २४९ वटा नमुनाको परीक्षण भएको थियो।

परीक्षण गरिएका अन्य बाँकी २२८ जनाको नमुनाको नतिजा भने नेगेटिभ आएको भरतपुर अस्पतालले जनाएको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ