२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकपिलवस्तुमा मनाइयो योग दिवस

कपिलवस्तुमा मनाइयो योग दिवस


कपिलवस्तु—अन्तर्राष्ट्रिय छैटौं योग दिवसको अवसर पारेर कपिलवस्तु जिल्लाभरका क्वारेन्टाइनमा योग सप्ताह मनाइएको छ । आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजना तथा कपिलवस्तु जिल्ला पतन्जली योग समितीको समन्वयमा १ देखि ७ असारसम्म योग सप्ताह मनाइएको हो ।

कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र कपिलवस्तु तौलिहवामा कार्यरत कर्मचारी र परिवारले कार्यलय परिसरमा पनि योग अभ्यास गरी योग दिवस भब्य रुपमा मनाएका छन् । योग दिवस कार्यक्रमको अध्यक्षता कार्यलय प्रमुख डा. विजय भुर्तेलले गरेका थिए ।

यस वर्ष कोरोनाको महामारीका कारण ‘घरमा योग परिवारसँगै योग’ भन्ने मुल नाराका साथ योग दिवस देशब्यापी रुपमा मनाइएको छ । आयुर्वेद चिकित्सा प्रणालीमा शारीरिक रुपमा देखापर्ने रोगको शुद्धिको लागि जडिबुटीद्वारा निर्मित आयुर्बेद औषधीको प्रयोग र मानसिक शुद्धता लागि योग अपरिहार्य छ ।

मानिसलाई शारीरिक तन्दुरुस्त राख्न, सकारात्मक सोचको विकास गर्ने, तनाव ब्यवस्थापन गर्न, विभिन्न रोगहरुको आक्रमणबाट बच्नको लागि रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नको लागि योग फाइदाजनक छ । योग अभ्यासलाई दैनिक रुपमा सञ्चालन गर्नु स्वास्थ्यको लागि अपरिहार्य आफ्नो दैनिकीका रुपमा सबैले बुझ्न र मनन गर्न जरुरी रहेको योग विज्ञहरु बताउँछन् ।

शारीरिक, मानसिक र अध्यात्मिक रुपमा स्वास्थ रहनको लागि अति आवश्यक मानिने योग अभ्यासका पिता पतन्जली ऋषिलाई मानिन्छ । अन्तर्राष्ट्रिय योग दिवस सन् २०१५ को जुन २१ बाट विश्वव्यापी रुपमा मनाइन थालेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ