२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार६ स्वास्थ्यकर्मीसहित थप ५३५ कोरोना संक्रमित

६ स्वास्थ्यकर्मीसहित थप ५३५ कोरोना संक्रमित


काठमाडाैं–पछिल्लो २४ घण्टामा ६ जना स्वास्थ्यकर्मीसहित जम्मा ५३५ मा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित पत्रकार व्रिफिङमा दिइएको जानकारी अनुसार संक्रमित हुने जिल्लाको संख्या ७६ पुगेको छ ।

संक्रमित हुने स्वास्थ्यकर्मीहरुमा प्रादेशिक अस्पताल सुर्खेतका ५ जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ्गमा काम गर्ने १ जना रहेका छन् ।

कुन ल्यावमा कति ?

कोसी अञ्चल अस्पताल प्रयोगशाला- मोरङका ८ जना, सप्तरीका २ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा- झापाका ३ जना र मोरङका ४ जना

गजेन्द्र नारायण अस्पताल प्रयोगशालामा- सप्तरीका ११ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा- धनुषाका १० जना, महोत्तरीका १ जना, सप्तरीका २ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा – अछामका २ जना, अर्घखाँचीका ९ जना, बैतडीका १४ जना, डडेलधुरा १५ जना, डोटी ७ जना, गुल्मी १ जना, जाजरकोट १ जना, कैलाली ५८ जना, नवलपरासी ५ जना, सिन्धुपाल्चोक २ जना, स्याङजा २० जना, पाल्पाका १० जना, प्युठान २४ जना, रौतहटका ३४ जना, सर्लाहीका ४६ जना, सिराहाका २३ जना र रुपन्देहीका ९ जना

भरतपुर अस्पताल प्रयोगशाला चितवन- चितवनका ५ जना, नवलपरासी पूर्वका १६ जना

धुलिखेल अस्पताल प्रयोगशाला- ओखलढुंगाका १ जना, गुल्मीका ४० जना

पोखरा विज्ञान प्रतिष्ठान पोखरामा स्याङजाका १ जना, तनहुँ ११ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरा- नवलपरासी पूर्व ८ जना, स्याङजाका १२ जना

कर्णाली प्रदेश प्रयोगशाला सुर्खेत-दैलेखका २ जना, हुम्लाका १ जना, सल्यानका ४ जना र सुर्खेत १८

प्रदेश ५ प्रयोगशाला भैरहवामा -गुल्मीका १३ जना, पाल्पाका ८० जना, रुपन्देही ३ जना र प्युठानका ६ जना

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला- दाङका १३ जना

हालसम्म ८ सय ९४ महिला र ८ हजार ६ सय ६७ पुरुष गरी ९ हजार ५ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ