२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा थपिए १२२ कोरोना संक्रमित

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा थपिए १२२ कोरोना संक्रमित


काठमाडौं—सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा १२२ जना कोरोना भाइरस (कोभिड—१९) संक्रमित थपिएका छन् । सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा ४९ जना, कर्णालीमा २५ जना र गण्डकीमा ५३ जनामा कोभिड—१९ पोजेटिभ देखिएको हो ।

सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा ४९ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । जसमध्ये कैलालीका ४६ जना, बाजुरा, कन्चनपुर र बझाङमा १/१ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।

कर्णाली प्रदेशको प्रादेशिक प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ५ जनामा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा २० जनामा कोभिड—१९ पोजेटिभ देखिएको हो । जसमा सुर्खेतका ५ जना, दैलेखका १९ जना र कालिकोटका १ जना रहेका छन् ।

गण्डकी प्रदेशमा ५३ जनामा कोभिड—१९ पोजेटिभ पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र प्रयोगशाला, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा तनहुँका १७ जना, स्याङजाका ९ जना, बाग्लुङका ८ जना, गोरखाका ११ जना, लमजुङका ५ जना, पर्वत, नवलपुर र कास्कीका १÷१ जनामा कोभिड—१९ पोजेटिभ पुष्टि भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ