२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसल्यानको बन्गाडमा १ सय बेडको आइसोलेसन तयार

सल्यानको बन्गाडमा १ सय बेडको आइसोलेसन तयार


सल्यान – सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाले १ सय बेडको आइसोलेसन तयार पारेको छ । प्रभाकर माध्यमिक विद्यालय देबस्थलमा १ सय बेडको आइसोलेसन तयार पारिएको हो ।

यसअघि बन्गाडमा आइसोलेसन नहुँदा कोरोना संक्रमितहरुलाई उपचारको लागि सदरमुकाम वा जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता थियो । नेपाली सेनाको सल्लीवजार ब्यारेकले छोटो समयमा नै सो आइसोलेसन तयार पारेको हो । आइसोलेसन तयार भएपछि नगरमा भेटिएका कोरोना संक्रमितहरुलाई उपचारको लागि नगर बाहिर पठाउनुपर्ने बाध्यताको अन्त्य भएको नगरप्रमुख गोविन्द कुमार पुनले बताए । उनले भने, ‘अब नगरमा संक्रमित भेटिएमा उनीहरुलाई नगरमा नै निर्माण गरिएको आइसोलेसनमा राखिने छ ।’

विगतमा नगरमा आइसोलेसन कक्ष नहुँदा नगरका कोरोना संक्रमित उपचारको लागि सल्यान खलंगा, सुर्खेत र रुकुममा उपचारका लागि जानुपर्ने बाध्यता थियो । नगरका संक्रमित मध्ये रुकुम पश्चिम चौरजहारीबाट ९, सुर्खेतबाट १३ र खलंगाबाट उपचारका लागि पठाएका ३५ जना गरि जम्मा ५७ जना कोरोना जिति घर फर्कीसकेका छन् । बाकी ७३ जनाको उपचार भैरहेको छ ।

सोमबार भेटिएका ४ जना कोरोना संक्रमितहरुको भने नगरमा तयार भएको कोरोना उपचार कक्षको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको स्वास्थ्य शाखा संयोजक बासुदेव पोखरेलले जानकारी दिए । आइसोलेसन निर्माण कार्यको लागि प्रदेश सरकारले १५ लाख बढी रकम बनगाड कुपिण्डे नगरपालिकालाई पठाएको छ ।

सोहि वजेटको सहयोगमा नगरमा १ सय वेडको आइसोलेसन संघन कक्ष तयार गरेको प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले बताए । अव नगरमा भेटिएका कोराना संक्रमित उपचारका लागि बाहिर पठाउनुपर्ने समस्या नरहेको उनको भनाइ छ । यस नगरभित्रका क्वारेन्टाइनमा ५ सयको हाराहारीमा नागरिकहरु बसिरहेको समेत खड्काले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ